बेलायती पत्रकारले गरे नेपालका प्रधानमन्त्रीको बेइज्यती « Khabarhub

बेलायती पत्रकारले गरे नेपालका प्रधानमन्त्रीको बेइज्यती

कुकुल्याण्ड : जहाँ धनीहरू सत्यको मालिक हुन्छन्'


२२ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  बेलायतका चर्चित पत्रकार तथा लेखक टम बर्जिजले यसै साता नयाँ पुस्तक प्रकाशित गरेका छन् । पुस्तक २२० पृष्ठ मोटो छ । ‘कुकुल्याण्ड’ नामक पुस्तकको ५७ देखि ७५ पृष्ठसम्म अर्थात १८ पृष्ठ नेपालको विषयमा चर्चा छ । पुस्तकको उपशीर्षक छ– जहाँ धनीहरू सत्यको मालिक हुन्छन् ।

पुस्तकमा नेपालका नवधनाढ्य व्यवसायी अजेयराज सुमार्गीले कसरी एनसेलसँग जोडिएको टेलियासोनेराका बेलायती बिचौलिया मोहम्मद अमेर्सीसँग प्रचण्डको सेटिङ मिलाए भन्ने वर्णन गरिएको छ ।

टम बर्जिजको पुस्तकमा टेलिकमका बिचौलिया मोहम्मद अमेर्सीको ‘नेपाल कनेक्सन’ बारे चर्चा गरिएको छ । नेपालमा टेलियासोनेराले प्रचण्ड र उनका मन्त्रीहरुसँगको पहुँचका लागि  अजेय सुमार्गीलाई जति पनि खर्च गर्न तयार बनेको दाबी गरिएको छ ।

सुमार्गीकी सालीका नाममा किनिएको लाजिम्पाटको घरमा प्रचण्ड बसेको र प्रचण्डको सम्पत्तिसमेत सुमार्गीले आफ्नो नाममा गराएका जस्ता प्रशंगहरु टमको पुस्तकमा उल्लेख गरिएका छन् ।

राजा ज्ञानेन्द्रले सत्ता हातमा लिएपछि उनका ज्वाइँ राजबहादुर सिंहमार्फत सुमार्गीले टेलिकमका बिचौलियाहरुसँग सम्पर्क बनाएको र पछि माओवादी सत्तामा आएपछि प्रचण्ड र कृष्णबहादुर महरालाई हातमा लिन सफल भएको पुस्तकमा उल्लेख छ ।

कृष्णबहादुर महराले सुमार्गीलाई हेल्लो नेपालको लाइसेन्स दिएको र पछि बेलायती बिचौलिया मोहम्मद अमेर्सीसँग सुमार्गीले प्रचण्डको भेटसमेत गराएको बेलायती पत्रकार टमको दाबी छ ।

यो पुस्तकले नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालको बेइज्यत गरेको छ । खोजी पत्रकारितामा विश्व चर्चित लेखक टमले आफ्नो पछिल्लो किताबमा यसरी नेपालका प्रधानमन्त्री प्रचण्डलाई नामूद बिचौलियासँग कनेक्सन गराएपछि प्रचण्डको मात्र नभएर सिंगै नेपालको अन्तरराष्ट्रिय छविमा असर पर्ने देखिएको छ ।

फाइनान्सिलय टाइम्सका पूर्वपत्रकार टम बर्जिज ‘ल लुटिङ मेसिन’ र ‘क्लिप्टोपिया’ जस्ता विश्वचर्चित किताबका लेखक हुन् । उनका यी पुस्तक ‘बेस्टसेलिङ’को सूचीमा परेका छन् ।

प्रकाशित मिति : २२ चैत्र २०८०, बिहीबार  १२ : ४३ बजे

संसद्‍मा रास्वपाले मिलाएको शक्ति सन्तुलन

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले दुईतिहाइ बहुमतभन्दा दुई सिट कम अर्थात्

वरिष्ठ साहित्यकार विनोदीलाई ‘गोरखा सर्जक सम्मान’

काठमाडौं- : वरिष्ठ साहित्यकार गोविन्दराज विनोदीलाई ‘गोरखा सर्जक सम्मान’ प्रदान

रेडपाण्डा-थार अन्तर्राष्ट्रिय सम्मेलन : पर्यटन प्रवर्द्धनमा जोड

खोटाङ- लोपोन्मुख वन्यजन्तुको संरक्षण र पर्यटन प्रवर्द्धनमा जोड दिने उद्देश्यले

पोखरामा शनिबारदेखि राष्ट्रिय जुनियर टेनिस सुरु हुँदै

कास्की- देशको पर्यटकीय राजधानी पोखरास्थित पोखरा रङ्गशालामा शनिबारदेखि पाँचौँ संस्करणको

प्रधानमन्त्री कप क्रिकेटको उपाधि आर्मीलाई

वीरगन्ज (पर्सा)- प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी