लुम्बिनीमा नयाँ सत्ता समीकरणका दलबीच पाँच बुँदे सहमति « Khabarhub

लुम्बिनीमा नयाँ सत्ता समीकरणका दलबीच पाँच बुँदे सहमति


२२ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

बुटवल– लुम्बिनीमा नयाँ सत्ता समीकरणमा रहेका दलहरूबीच सरकार गठन बारे सहमति भएको छ । लुम्बिनी प्रदेशमा रहेका चार दल र एक स्वतन्त्र सांसदबीच बिहीबार पाँच बुँदे सहमति भएको हो ।

सहमतिपत्रमा एमाले संसदीय दलका नेता लिला गिरी, माओवादी केन्द्रका संसदीय दलका नेता जोखबहादुर महरा, जसपाका नेता भण्डारीलाल अहिर, नेकपा एकीकृत समाजवादीका भगवती अधिकारी र स्वतन्त्र सांसद खड्ग बस्नेतले हस्ताक्षर गरेका छन् ।

सहमतिमा लुम्बिनीमा माओवादीका सांसद जोखबहादुर महरालाई मुख्यमन्त्री बनाउने, प्रदेशमा हुने राजनीतिक नियुक्तिमा सबै दलको अपनत्व हुने गरि गर्ने लगायतका सहमति गरिएको छ ।

प्रकाशित मिति : २२ चैत्र २०८०, बिहीबार  ५ : ०१ बजे

सुडानमा विमान दुर्घटना, विमानमा सवार १४ जनाको मृत्यु

जुवा – दक्षिण सुडानको राजधानी जुबा नजिकै सोमबार एउटा सानो

शेखर गोल्छालाई थप तीन दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । व्यवसायी शेखर गोल्छालाई तीन दिन हिरासतमा राखेर अनुसन्धान

ब्याटिङ नचल्दा दिल्लीको लज्जास्पद हार, आरसीबी ९ विकेटले विजयी

काठमाडौं – आईपीएल २०२६ मा रोयल च्यालेन्जर्स बेंगलुरुले आफ्नो छैटौँ

बागमतीमा मन्त्रालयको संख्या ७ मात्रै बनाउन विपक्षीको सुझाव

काठमाडौँ- नेकपाले बागमती प्रदेश सरकारमा मन्त्रालयको संख्या ७ वटामात्रै गर्न

पर्यटन प्रवर्द्धनका लागि नेपाली फोटो पत्रकार टोली बङ्गलादेश प्रस्थान

काठमाडौं – नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित नेपालका १० सदस्यीय