भारदहमा एकीकृत हाटबजार निर्माण हुँदै « Khabarhub

भारदहमा एकीकृत हाटबजार निर्माण हुँदै


२२ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

राजविराज– ग्रामीण क्षेत्रमा उत्पादित तरकारी तथा फलफूल बिक्री वितरण सहज रुपले गर्ने वातावरण बनाउन एकीकृत हाटबजार निर्माण भइरहेको छ ।

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ भारदहमा एकीकृत कृषि हाटबजार निर्माण थालिएको हो । स्थानीय बीपी मावि भारदहले १५ कट्ठा जग्गा व्यवस्थापन गराएपछि हाटबजार निर्माणले तिव्रता पाएको वडाध्यक्ष सुरेन्द्र मण्डलले बताए।

यसअघि खुला चौर वा सडक किनारमा बजार लाग्ने गरेकाले यसलाई व्यवस्थित बनाउँदै स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यले एकीकृत कृषि हाटबजार निर्माण थालिएको उनको भनाइ छ ।

करिब पाँच सय व्यापारी अटाउन सक्ने क्षमतासहित निर्माण भइरहेको हाटबजारमा ५० मिटर लम्बाइ र ४० मिटर चौडाइको हाटबजार स्थल निर्माण भइरहेको स्थानीय जनमत पार्टीका नेता श्यामसुन्दर मण्डलले बताए।

सार्वजानिक शौचालयसहित सडक बाटो र नालासमेत निर्माण गरिने हनुमाननगर कंकालिनी नगरपालिकाले जनाएको छ । रु १० करोडको लागतमा उक्त हाट निर्माण भइरहेको जनाइएको छ ।

जग्गा अभावका कारण भारदह, पोरताहा र मधवापुरमा हालसम्म व्यवस्थित बजारमा हटियाको सेड निर्माण हुन सकेको छैन । दर्जनौँ व्यक्तिको निजी जग्गामा हाल रहेको पोरताहामा तरकारी हटिया शुक्रबार र मंगलबार लाग्ने गर्दछ ।

रोड़ नेटवर्क, हरित पार्क, आधुनिक शौचालय, लाइट व्यवस्थापन र गाडी पार्किङको सुविधासहित तयार हुने एकीकृत भारदह हाटबाजार २४ घण्ट सञ्चालन गर्ने लक्ष्य लिइएको छ ।

पूर्वपश्चिम राजमार्गसँग जोडिएर रहेको भारदहमा एकीकृत हाट सञ्चालनमा आएपछि यहाँ व्यापारव्यवसाय फस्टाउँनुका साथै आर्थिक समृद्धि हासिल हुने बुद्धिजीवीहरूको भनाइ छ ।  

प्रकाशित मिति : २२ चैत्र २०८०, बिहीबार  ६ : २१ बजे

उडिरहेको जहाजमा चक्कु प्रहारबाट घाइते पाइलट स्मित मच्छरसँग भारतीय प्रधानमन्त्री मोदीको टेलिफोन संवाद

काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फ्लाईदुबईका घाइते पाइलट क्याप्टेन स्मित

धादिङको फुर्केखोला वैकल्पिक सडक पाँच घण्टा बन्द हुने

धादिङ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित फुर्केखोलाको पुल बगाएपछि

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान