काठमाडौं – इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत पञ्जाब किंग्सले गुजरात टाइटन्सलाई पराजित गरेको छ ।
गएराती सम्पन्न खेलमा पञ्जाबले गुजरातलाई ३ विकेटले पराजित गरेको हो । गुजरातले दिएको २०० रनको लक्ष्य पछाएको पञ्जावले १९.५ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । पञ्जाबलाई शशांक सिंहले २९ बलमा अविजित ६१ रनको पारी खेलेर जित दिलाएका थिए ।
यसअघि पहिला ब्याटिङ गरेको गुजरातले कप्तान शुभमन गिलको ८९ रनको मद्दतले २० ओभरमा ७ विकेट गुमाउँदै १९९ रन बनाएको थियो ।
यो जितपछि पञ्जाबले ४ खेलमा २ जित र २ हारसहित ४ अंक हासिल गरेको छ भने गुजरातको पनि ४ खेलमा २ जित र २ हारसहित ४ अंक भएको छ ।
प्रतिक्रिया