म्यानचेस्टर युनाइटेडमाथि चेल्सीको रोमाञ्चक जित | Khabarhub Khabarhub

म्यानचेस्टर युनाइटेडमाथि चेल्सीको रोमाञ्चक जित


२३ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौंइङलिश प्रिमियर लिग अन्तर्गत चेल्सीले म्यानचेस्टर युनाइटेडमाथि रोमाञ्चक जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा चेल्सीले म्यानचेस्टर युनाइटेडलाई ४-३ गोल अन्तरले पराजित गरेको हो ।

चेल्सीको जितमा कोल पाल्मरले ह्याट्रिक गरेका थिए । उनले तिनै गोल पेनाल्टी मार्फत गोल गरेका थिए ।  पाल्मरले खेलको अन्तिम मिनेटमा पेनाल्टीमार्फत दुई गोल गरेर जिताएका थिए । त्यस्तै चेल्सीको जितमा पहिलो गोल कोनोर गल्लाघेरले गरेका थिए ।

त्यस्तै म्यानचेस्टर युनाइटेडका लागि अलेजान्द्रो गार्नाचोले २ गोल गरेका थिए भने ब्रुनो फेर्नानडेजले एक गोल गरेका थिए ।

यो जितपछि चेल्सीको २९ खेलमा ४३ अंक भएको छ र लिगमा १०औं स्थानमा रहेको छ । त्यस्तै म्यानचेस्टर युनाइटेडको ३० खेलमा ४८ अंक रहेको छ र लिगमा छैटौं स्थानमा छ ।

प्रकाशित मिति : २३ चैत्र २०८०, शुक्रबार  ७ : ५५ बजे

मधेशकेन्द्रित दलको एकता प्रयास : पुग्ला त भ्यागुताको धार्नी ?

काठमाडौँ – नेपालको राजनीतिमा साना दलहरू बेलाबखत एकताको प्रयास गर्दै

रूसको कारखानामा भीषण आगलागी, ४ जनाको मृत्यु

मस्को – रूसको पश्चिमी क्षेत्र र्याजानस्थित एक कारखानामा शुक्रबार बिहान

‘झरी पछिको इन्द्रेणी’ को अस्ट्रेलिया राइट्स बिक्री

काठमाडौं– प्रदर्शन अगाडि नै चर्चामा रहेको चलचित्र  ‘झरी पछिको इन्द्रेणी’

जसपा नेपालले देशव्यापी आईटी सेल निर्माण गर्दै

काठमाडौं– जनता समाजवादी पार्टी नेपालले देशव्यापी प्रत्येक जिल्लामा आईटी सेल