पर्सा प्रशासनले अनुचित लेनदेनसम्बन्धी छ सय ६७ मुद्दा टुङ्ग्यायो « Khabarhub

पर्सा प्रशासनले अनुचित लेनदेनसम्बन्धी छ सय ६७ मुद्दा टुङ्ग्यायो


२३ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– पर्सामा अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी छ सय ६७ मुद्दा टुङ्ग्याइएको छ । साहुकर र अनुचित लेनदेन पीडितबीच जिल्लाभरिमा ६६७ वटा उजुरी टुङ्गो लागे पनि अझै एक हजार सात सय ३० वटा उजुरी सम्बोधन गर्न बाँकी छ । 

 पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले अनुचित लेनदेनसम्बन्धी उजुरीलाई प्राथमिकताको साथ सम्बोधन गर्दै आएको बताए । 

‘यसअघि अनुचित लेनदेनसँग सम्बन्धित उजुरी जिल्ला प्रशासन कार्यालय आफैँले लिने गथ्र्यो’, उनले भने, ‘कार्यालयमा परेका उजुरीलाई अहिले जिल्ला प्रहरी कार्यालय पर्साबाट अघि सम्बोधन गर्दै आएका छौँ ।’

प्रमुख जिल्ला अधिकारी भुसालका अनुसार अनुचित लेनदेनसँग सम्बन्धित पाँच सय सात वटा उजुरी मेलमिलाप गरेर टुङ्गो लगाइएको र बाँकी एक हजार छ सय ५३ वटा उजुरी पर्सा प्रहरीलाई हस्तान्तरण गरिएको छ ।

 जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले अनुचित लेनदेनसँग सम्बन्धित उजुरीउपर दुवै पक्षलाई छलफल गराएर टुङ्गो लगाउने प्रयास भइरहेको बताए।

प्रहरी नायब उपरीक्षक थापाले कतिपय उजुरीकर्ताले दुःख दिने नियतले पनि उजुरी गरेका बताए। ‘कतिपय उजुरीकर्तालाई बारम्बार छलफलको लागि बोलाउँदा पनि नआउने समस्या भएको छ ।’ पर्सा जिल्लामा अनुचित लेनदेनसँग सम्बन्धित उजुरी एक हजार सात सय ३० छन् ।

जिल्ला प्रहरी कार्यालयले गत फागुन १ गतेदेखि अनुचित लेनदेनको उजुरी दर्ता गर्न थालेको हो । जिल्ला प्रशासन कार्यालयबाट हस्तान्तरण भएका एक हजार छ सय ५३ र प्रहरीमा दर्ता भएका दुई सय २७ गरी कूल उजुरी सङ्ख्या एक हजार ८८० पुगेको छ । यिमध्ये प्रहरीले एक सय ६० उजुरी मेलमिलापको माध्यमबाट टुङ्गो लगाएको छ ।

 हाल पर्सा प्रहरीमा कूल उजुरी सङ्ख्या एक हजार सात सय ३० रहेको छ । पर्सा प्रहरीका अनुसार मेलमिलापबाट रु चार करोड ५२ लाख ९५ हजार आठ सय रकमको बिगो टुङ्गो लागेको छ । अनुचित लेनदेनसँग सम्बन्धित चार वटा मुद्दा भने जिल्ला अदालत पर्सामा दर्ता भएका छन् । प्रहरीले साहुकरबाट अनुचित लेनदेन पीडितलाई एक बिघा १५ कट्ठा पाँच धुर ४५ कनवा जग्गा फिर्ता गराएको छ ।

प्रकाशित मिति : २३ चैत्र २०८०, शुक्रबार  १० : ५६ बजे

धनुषामा बिहान ८ बजेसम्म लागि कर्फ्यु खुकुलो

जनकपुरधाम– जिल्ला प्रशासन कार्यालय धनुषाले जिल्लामा बिहीबार जारी गरेको कर्फ्यु

पाकिस्तानी ब्रोड पिकमा हिमपहिरो, निर्मल पुर्जासहित १० आरोही बेपत्ता

काठमाडौं– प्रसिद्ध पर्वतारोही निर्मल पुर्जा पाकिस्तानको ब्रोड पिक हिमालमा आएको

देवानगञ्ज घटनामा मृतकका परिवार र सरकारबीच ७ बुँदे सम्झौता, शहीद घोषणा प्रक्रिया अघि बढाइने

काठमाडौँ– सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कमानागाछीमा यही साउन १० गते भएको

‘मास्टर्नी’ले फर्काउला त प्रियंकाको गुमेको क्रेज ?

काठमाडौँ – दशकको अवधिका एक–दुई नायक–नायिका प्राइममा रहन्छन् । नयाँ

देशभर मनसुनी वायुको प्रभाव, केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल