ग्यास लिक भएर आगलागी हुँदा ६ लाख बढीको क्षति « Khabarhub

ग्यास लिक भएर आगलागी हुँदा ६ लाख बढीको क्षति


२३ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

रौतहट– भारतीय सिमानासँग जोडिएको रौतहटको दक्षिणी भेग ईशनाथ नगरपालिका ९ डुमरीया गाउँमा आज बिहान ग्यास लिक भएर एक घरमा आगलागी हुँदा लाखौँको धनमाल जलेर नष्ट भएको छ।

स्थानीय शेख इशहाक मिया धुनियाको खपराको घरमा आगलागी भएर लाखौँको क्षति भएको हो । खाना पकाउने क्रममा आज बिहान ८ बजेर ३० मिनेटमा ग्यास लिक भएर आगलागी भएको जिल्ला प्रहरी प्रवक्ता डिएस्पी एलिजा गिरीले बताएकी छन् ।

आगलागी बाट अन्नपात, गरगहना र लत्ताकपडा गरी  छ लाख ५० हजार  बराबरको सरसामान पूर्ण रूपमा जली नष्ट भएको प्रवक्ता गिरीले जानकारी दिएकी छन् । स्थानीय र प्रहरी चौकी औरैयाको टोली मिलेर गौर बाट गएको दमकलको सहयोगमा बिहान ९ बजेको समयमा आगलागी पूर्ण रूपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

गर्मियाम सँगै हावाहुरी चल्न सुरु भए यता रौतहटमा आगलागी बाट झन्डै १ दर्जन घर जलेर लाखौँ लाखको क्षति भएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २३ चैत्र २०८०, शुक्रबार  ३ : ११ बजे

ट्रम्पपछि बेइजिङमा पुटिन, विश्व राजनीति चीन–रुस धुरीतर्फ केन्द्रित

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमण सकिएको केही घण्टामै

प्रतिनिधिसभा : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाका सांसदहरूले मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्

स्यानेटरी प्याडमा कर हटाउन सांसद यादवको माग, सामाजिक न्यायमाथि प्रश्न

काठमाडौं– प्रतिनिधिसभामा स्यानेटरी प्याडमा लगाइएको करबारे सांसद पुरुषोतम यादवले सरकारको ध्यानाकर्षण

राप्रपा सांसद्ले भनिन्- मूल्यवृद्धिले जनतालाई दुख दियो, नियन्त्रणमा लिन पर्‍यो

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद सरस्वती लामाले कालोबजारी, कृत्रिम अभाव

नेपाल टेक रोडशो यूएसए २०२६ सम्पन्न, नेपालको आईटी क्षमता विश्वसामु प्रस्तुत

अमेरिका– अमेरिकामा सम्पन्न ‘नेपाल टेक रोडशो यूएसए २०२६’ ले नेपालको