टीयूमा राजनीतिकरण बढी हुन्छ, त्यसविरुद्ध निर्मम भएर लागौँ : शिक्षामन्त्री श्रेष्ठ « Khabarhub

टीयूमा राजनीतिकरण बढी हुन्छ, त्यसविरुद्ध निर्मम भएर लागौँ : शिक्षामन्त्री श्रेष्ठ


२३ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले एसईई खारेज गर्ने कि राख्ने भन्नेबारे मन्त्रालयले निर्णय नगर्ने बताएकी छन् ।

शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरेर उनले यस्तो बताएकी हुन् । उनले राख्ने कि खारेज गर्ने भन्ने निर्णय विज्ञहरूले गर्नुपर्ने बताइन् ।

‘एसईई खारेज गर्ने कि नगर्ने भन्नेबारे विज्ञहरूले भन्नुपर्छ । परीक्षालाई तनावको विषयभन्दा पनि कुन विद्यार्थीलाई कहाँ सहयोग चाहिएको छ भन्ने कोणबाट हेर्नुपर्छ । र, यो कुरा मन्त्रालयले होइन, विज्ञहरूले भन्नुपर्छ,’ उनले भनिन् ।

उनले त्रिभुवन विश्वविद्यालयमा हुने गरेको दलीय राजनीतिकरण हटाउनमा निर्मम भएर लाग्ने पनि बताइन् । ‘टीयूमा दलीय राजनीतिकरण बढी हुन्छ, त्यसविरुद्ध निर्मम भएर लाग्ने हो । मैले भीसी सरसँग पनि कुराकानी गरिसकेको छु,’ उनले भनिन् । यस्तै उनले एडूकेसन कन्सल्टेन्सीहरूमा विकराल समस्या भएको बताइन् ।

‘कन्सल्टेन्सीहरू नवीकरणसमेत नहुने समस्या छन् । यसलाई मन्त्रालयले त हेर्छ नै, सँगै अरु मन्त्रालयहरूले पनि हेर्नुपर्छ,’ उनले भनिन् ।

प्रकाशित मिति : २३ चैत्र २०८०, शुक्रबार  ५ : २० बजे

मानव शरीर जलन उपचारसम्बन्धी विधेयकमा स्वास्थ्य मन्त्रालयले माग्यो सुझाव

काठमाडौँ- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘मानव शरीर जलन (उपचार

प्रचारप्रसारको अभावमा ओझेलमा पर्दै ‘सिद्ध गुफा’

स्याङ्जा – यहाँको धार्मिक आस्थाका रूपमा रहेको सिद्ध गुफाको प्रचारप्रसार

पत्रकार किशोर श्रेष्ठको गिरफ्तारीप्रति माधव नेपालको आपत्ति

काठमाडौँ । नेकपाका नेता पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पत्रकार किशोर श्रेष्ठलाई

निगमले भन्यो– ग्यास सिलिण्डर अनावश्यक मौज्दात नराख्नू

काठमाडौं । नेपाल आयल निगमले साविकको भन्दा करिब २० प्रतिशत

रोल्पा पहिरो अपडेट : बेपत्ता पाँच जनाको शव प्युठानमा भेटियो

रोल्पा – रोल्पाको थवाङ गाउँपालिका–५ कोटलबारा गाउँमा पहिरोमा परेर बेपत्ता