भौतिक संरचना अभाव भए पनि बिरामीलाई सेवा दिइराख्नु : मन्त्री यादव « Khabarhub

भौतिक संरचना अभाव भए पनि बिरामीलाई सेवा दिइराख्नु : मन्त्री यादव


२३ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

सप्तरी– नेपाल सरकारका उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले गजेन्द्रनारायण सिंह अस्पतालको अनुगमन गरेका छन् । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्षसमेत रहेका मन्त्री यादवले आज अस्पताल अनुगमन गरेका हुन् ।

उनले अस्पतालको आकस्मिक कक्ष, ओपिडी कक्ष, फार्मेशीलगायत विभिन्न कक्षको अनुगमन गर्नुका साथै भर्ना भएका बिरामीको अवस्थाबारे जानकारी लिएका हुन् ।

मन्त्री यादवले अस्पतालको स्तरोन्नतिका लागि आवश्यक भौतिक संरचना तथा स्वास्थ्य उपकरणको अवस्थाबारे जानकारी लिँदै अस्पताल प्रशासनले राखेका समस्या समाधान गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

अहिले भौतिक संरचनाको अभाव भए पनि बिरामीलाई उपचार सेवा दिइराख्नुपर्ने उनले बताए । चिकित्सक र उपकरणको अझै धेरै आवश्यकता रहेको मन्त्री यादवले बताए । अस्पतालको निर्माणाधीन भवनको कार्य पनि अन्तिम चरणमा पुगेको छ ।

हस्तान्तरण भएपछि ती समस्या हल भएर जाने छ । अनुगमनका क्रममा मन्त्री यादवले भौतिक संरचना निर्माण भए पनि त्यसलाई सञ्चालनमा ल्याउन अझै धेरै काम बाँकी रहेको बताए । उनले भने, ‘यसको दरबन्दी व्यवस्थापनमा विशेष ध्यान दिन्छु ।’  मन्त्री यादवले अस्पतालमा भौतिक संरचना निर्माण भए पनि त्यसलाई सञ्चालनमा ल्याउन अझै धेरै काम बाँकी रहेको बताए ।

मेडिकल शिक्षा अध्ययनका लागि अस्पताल सञ्चालन गर्न आवश्यक छ । बाहिरी क्षेत्रबाट चिकित्सक सप्तरीमा आउन नमान्ने भएकाले अस्पतालमा मेडिकल शिक्षा सञ्चालन भएपछि यसै क्षेत्रमा दक्ष जनशक्ति उत्पादन हुने मन्त्री यादवले बताए । अहिले अस्पतालमा चिकित्सक र उपकरणसहित जनशक्ति र भौतिक संरचनाको आवश्यकता देखिएको उनले जानकारी दिए ।

‘भौतिक संरचना अन्तिम चरणमा छ नै आवश्यकमात्रामा चिकित्सकको व्यवस्था गरेर राम्रो उपचार दिने स्वास्थ्य केन्द्रको रुपमा स्थापित गर्ने ढङ्गले अगाडि बढाउने मेरो प्रयास छ’, उनले भने ।

प्रकाशित मिति : २३ चैत्र २०८०, शुक्रबार  ७ : ०६ बजे

भोटेकोशी बाढी : सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र

काठमाडौं – रसुवास्थित भोटेकोशी बाढीका कारण सुरक्षाकर्मी, कर्मचारी, जलविद्युत् आयोजनाको

भोटेकोशी बाढी : गोरखामा थप सात शव व्यवस्थापन

गोरखा – भोटेकोशी बाढीका कारण मृत्यु भई रसुवा, नुवाकोटलगायत क्षेत्रबाट

भोटेकोशी बाढी : नागरिक लगानी कोषद्वारा एक करोड सहयोग

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकको राहत

इरानी ड्रोन आक्रमणमा ‘खतरनाक वृद्धि’

दुबई – संयुक्त अरब एमिरेट्सले सोमबार आफ्नो क्षेत्रीय जलक्षेत्रमाथि रोक्का

बाढीको छैटौं दिन प्रधानमन्त्रीले भने : हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छ

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले सरकारले बाढी प्रभावित नागरिकको खोज,