न्यूयोर्कमा भूकम्पको धक्का, थप पराकम्प आउन सक्ने चेतावनी « Khabarhub

न्यूयोर्कमा भूकम्पको धक्का, थप पराकम्प आउन सक्ने चेतावनी


२३ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5k
Shares
  • change font
  • change font
  • change font

न्यूयोर्क – अमेरिकाको न्यूयोर्कमा भूकम्प गएको छ । स्थानीय समय अनुसार बिहानै १० बजेर २३ मिनेटमा ४ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले बताएका छन् ।

भूकम्पपछि न्युयोर्क सिटीले थप आपतकालिन अलर्टहरु जारी गर्दै पराकम्पहरु आउनसक्ने चेतावनी दिएको छ । युएस जियोलोजिकल सर्भेका अनुसार उक्त भूकम्पको केन्द्र न्युजर्सीको ह्वाइटहाउस स्टेशनबाट ७ किलोमिटर उत्तरपूर्वमा रहेको छ ।

हालसम्म मानवीय क्षतिको विवरण आइसकेको छैन । न्युयोर्क सिटीले न्युयोर्कका बासिन्दाहरुलाई घरभित्र बस्न सुझाव दिएको छ । आपतकालिन अलर्टहरु स्थानीयहरुको मोबाइलमा पठाइएको छ ।

उक्त भूकम्प २४१ बर्षको इतिहासमा सबैभन्दा ठूलो भएको पनि बताइएको छ । युएस जियोलोजिकल सर्भेको तथ्यांक अनुशार सन् १७८३ मा न्युजर्सी केन्द्रबिन्दु भएर ४ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएदेखि न्युयोर्क सिटी क्षेत्रमा त्यती ठूलो भूकम्प गएको थिएन ।

त्योभन्दा अगाडि भने सन् १७३७ मा न्युयोर्क सिटी क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ५ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको थियो ।

 

प्रकाशित मिति : २३ चैत्र २०८०, शुक्रबार  १० : ५१ बजे

कांग्रेस सदस्यता छानबिन समितिको संयोजक बने महेन्द्र यादव

काठमाडौँ- नेपाली कांग्रेसको क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिको संयोजकमा महेन्द्र

फागुन १५ मा ‘प्रवासी जीवन’

काठमाडौँ– महानायक राजेश हमाल अभिनित नयाँ फिल्म ‘प्रवासी जीवन’ आगामी

पितृशोकमा रहेका पूर्वप्रधानन्यायाधीश श्रेष्ठलाई भेटे ओलीले

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पितृशोकमा रहेका

सरकारसँगको सम्झौतामा राष्ट्रपतिको सही चाहियो भन्दै जेन-जीबीच नै चर्काचर्की

काठमाडौं- सरकार र जेन–जीबीच सम्झौता बैठकमा चर्काचर्की भएको छ। जेनजी,