न्यूयोर्कमा भूकम्पको धक्का, थप पराकम्प आउन सक्ने चेतावनी « Khabarhub

न्यूयोर्कमा भूकम्पको धक्का, थप पराकम्प आउन सक्ने चेतावनी


२३ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5k
Shares
  • change font
  • change font
  • change font

न्यूयोर्क – अमेरिकाको न्यूयोर्कमा भूकम्प गएको छ । स्थानीय समय अनुसार बिहानै १० बजेर २३ मिनेटमा ४ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले बताएका छन् ।

भूकम्पपछि न्युयोर्क सिटीले थप आपतकालिन अलर्टहरु जारी गर्दै पराकम्पहरु आउनसक्ने चेतावनी दिएको छ । युएस जियोलोजिकल सर्भेका अनुसार उक्त भूकम्पको केन्द्र न्युजर्सीको ह्वाइटहाउस स्टेशनबाट ७ किलोमिटर उत्तरपूर्वमा रहेको छ ।

हालसम्म मानवीय क्षतिको विवरण आइसकेको छैन । न्युयोर्क सिटीले न्युयोर्कका बासिन्दाहरुलाई घरभित्र बस्न सुझाव दिएको छ । आपतकालिन अलर्टहरु स्थानीयहरुको मोबाइलमा पठाइएको छ ।

उक्त भूकम्प २४१ बर्षको इतिहासमा सबैभन्दा ठूलो भएको पनि बताइएको छ । युएस जियोलोजिकल सर्भेको तथ्यांक अनुशार सन् १७८३ मा न्युजर्सी केन्द्रबिन्दु भएर ४ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएदेखि न्युयोर्क सिटी क्षेत्रमा त्यती ठूलो भूकम्प गएको थिएन ।

त्योभन्दा अगाडि भने सन् १७३७ मा न्युयोर्क सिटी क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ५ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको थियो ।

 

प्रकाशित मिति : २३ चैत्र २०८०, शुक्रबार  १० : ५१ बजे

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र

रसुवा बाढी : जलविद्युत आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकाटी हुँदै त्रिशूली नदीमा

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल