आज २०८० साल चैत २४ गते शनिबारको राशिफल | Khabarhub Khabarhub

आज २०८० साल चैत २४ गते शनिबारको राशिफल


२४ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


5.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८० साल चैत २४ गते शनिबार तदनुसार सन् २०२४ अप्रिल ६ तारिख। चैत कृष्ण पक्षको द्वादशी तिथि। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प. सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : कर्म क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। एउटा लक्ष्य पूरा हुने योग छ। अरुलेसमेत तपाईंबाट अपेक्षा गर्न थाल्नेछन्। सामाजिक संस्थामा सफलता मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृष : अरुको मन जित्ने सकिने छ। श्रमको मूल्य प्राप्त हुनेछ। भगवानको नाम स्मरण गरेर कामको सुरुवात गरे सफलता मिल्नेछ। परिवारसँगको सल्लाहमा काम गर्नु राम्रो हुनेछ।

मिथुन : आफन्तसँगको सम्बन्ध सुधार हुनेछ। परिवारसँगको भेटघाटले मन खुशी हुनेछ। वैदेशिक क्षेत्रको लगानीबाट लाभ मिल्छ। मनको कुरा अरुलाई नभन्नु राम्रो हुन्छ।

कर्कट : आफ्नो भनाइ वा निर्णय कार्यान्वयन नहुने दिन छ। लगानी गर्नु अगाडि सोच्नु राम्रो हुनेछ। संघर्षपूर्ण दिन भएकाले तनाव बढ्ने देखिन्छ। परिवारको सहयोगले भने मन खुशी हुनेछ।

सिंह : धर्मकर्म र समाजसेवामा मन जानेछ। सोचेका काम बन्नेछन्। आर्थिक वृद्धि हुनेछ। वैदेशिक क्षेत्रमा फाइदा होला। सामाजिक काममा मन जानेछ। प्रेम सम्बन्धमा खटपटीको योग छ।

कन्या : शेयर बजारमा फाइदा हुनेछ। चिठ्ठा पर्ने योग छ। आफ्नो ख्याल आफैले गर्नुपर्ने दिन छ। कर्म क्षेत्रबाट नाम, दाम र सम्मान प्राप्त हुनेछ। परिवारको साथ र सहयोग अटुट रहनेछ।

तुला : वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ। काम गर्नु अगाडि हिम्मत जुटाउनुपर्नेछ। लगानीको क्षेत्रमा उत्साह थपिने छ। शिक्षा र समाजसेवामा मन जानेछ।

वृश्चिक : फजुल खर्च बढ्ने योग छ। बन्न लागेको काममा अवरोध सिर्जना हुनसक्छ। सामाजिक सम्मान र वैदेशिक लगानीबाट फाइदा हुनेछ। परिवारबाट साथ र सहयोग रहने छ।

धनु : व्यापारमा लाभ हुनेछ। तपाईंले न्याय पाउने योग छ। धर्ममा मन जानेछ। ठुला मान्छेसँग संगत हुने योग छ। शिक्षामा नाफा हुनेछ। पारिवारिक प्रेम र सामाजिक सम्मान हुने देखिन्छ।

मकर : कार्य क्षेत्रमा सफलता मिल्नेछ। नयाँ सवारी साधनमा चढ्ने योग छ। काम गर्नु अगाडि परिवारबाट सुझाव लिएको राम्रो हुनेछ।

कुम्भ : प्रतिक्षाको फल राम्रो हुनेछ। परिवारको साथ रहने छ। साथी र बन्धुले साथ दिनेछन्। रमाइलो गरेर दिन बित्नेछ। खुट्टा तान्ने सक्रिय भएकाले सचेत बन्नुपर्छ।

मीन : धनको खर्च अनावश्यक ठाउँमा हुने जोखिम छ। फजुल खर्च गर्ने बानीले परिवारमा विवाद हुनसक्छ। वैदेशिक लगानीबाट राम्रो आम्दानी हुनसक्छ। यात्रा सफल भए पनि व्यवसायमा घाटा हुने देखिन्छ।

प्रकाशित मिति : २४ चैत्र २०८०, शनिबार  ५ : १९ बजे

बालुवाटार बैठक : छानबिन समिति बनाउने समझदारी

काठमाडौं – सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति बनाउन सत्तापक्ष

स्वास्थ्य संस्थाको गुणस्तर सुधारमा सरकार प्रतिबद्ध : स्वास्थ्यमन्त्री यादव 

पर्सा– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवले देशभरिका सरकारी स्वास्थ्य संस्थाको

बागलुङमा गर्भपतन गराउने बढे

गलकोट– बागलुङमा पछिल्लो समय गर्भपतन गराउनेको सङ्ख्यामा वृद्धि भएको छ

निर्वाचनका बेला गरेका प्रतिबद्धता पूरा गर्छु : डा कोइराला

नवलपुर– नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले निर्वाचनको बेला आफूले

न्यायालयमा व्यावसायिक सुधारका प्रशस्त प्रयास भएका छन् : प्रधानन्यायाधीश

काठमाडौं– प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायपालिकाले आफ्नो संवैधानिक दायित्व र जिम्मेवारी