साउदी प्रो लिग : अल हिलालको २५औँ  जित « Khabarhub

साउदी प्रो लिग : अल हिलालको २५औँ  जित


२४ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साउदी प्रो लिग फुटबलमा अल हिलालले आफ्नो अपराजित यात्रा जारी राखेको छ । गएराती सम्पन्न खेलमा अल खालिजलाई ४–१ गोल अन्तरले पराजित गर्दै अल हिलालले  सानदार जित निकालेको हो ।

अल हिलालका लागि माल्कमले दुई तथा सालेह अलशेश्री र अब्दुल्लाह अल हामदानले एक–एक गोल गरेका थिए । अल खालिजका लागि मोहमद शेरिफले एक गोल गरेका थिए ।

यो जितसँगै अल हिलाल २७ खेलबाट ७७ अंकका साथ लिग तालिकाको शीर्ष स्थानमा छ । अल हिलालले २७ खेलमा २५ मा जित र दुईमा बराबरी गरेको छ ।

लिग अन्तर्गत अल नासर ६५ अंकका साथ दोस्रो स्थानमा छ । पराजित भएको अल खालिज ३४ अंकसहित नवौँ स्थानमा रहेको छ ।

प्रकाशित मिति : २४ चैत्र २०८०, शनिबार  ८ : ४० बजे

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र

रसुवा बाढी : जलविद्युत आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकाटी हुँदै त्रिशूली नदीमा

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल