इरानमा आइएस समूहका तीन संदिग्ध जिहादी पक्राउ « Khabarhub

इरानमा आइएस समूहका तीन संदिग्ध जिहादी पक्राउ


२४ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

तेहरान– इरानको प्रहरीले मुसलमानहरूको पवित्र महिना रमजानको अन्त्यमा आक्रमण गर्ने योजना बनाएका इस्लामिक स्टेट (आइएस) समूहका तीन संदिग्ध सदस्यलाई पक्राउ गरेको सरकारी मिडियाले  बताएको छ । 

आधिकारिक आइआरएनए समाचार एजेन्सीका अनुसार उत्तरपश्चिमी प्रान्त अल्बोरेजको कारज सहरमा पक्राउ परेकाहरूमा मोहम्मद जकर पनि रहेका छन् । उनको पहिचान आइएस समूहको ‘वरिष्ठ सदस्य’ का रूपमा गरिएको थियो । 

‘रमजान समारोहको अन्त्यमा आत्मघाती आक्रमण गर्ने योजना बनाइरहेका इस्लामिक स्टेट समूहका तीन सदस्यलाई अल्बोरेज प्रान्तको प्रहरीले पक्राउ गरेको छ’, आइआरएनएले भनेको छ । पक्राउ कहिले गरिएको र पक्राउ पर्नेमा विदेशी नागरिक थिए वा थिएनन् भन्नेबारेमा तत्काल स्पष्ट भएको छैन । 

आइआरएनएले विस्तृत विवरण नखुलाई अन्य आठ ‘सहयोगी’ लाई पक्राउ गरिएको पनि जानकारी दिएको छ । स्थानीय सञ्चारमाध्यमहरूले मंगलबार पवित्र सहर कोममा दुई कथित आइएस सदस्य पक्राउ परेको बताएका छन् । 

आइएसले जनवरीमा ९० भन्दा धेरै व्यक्तिको ज्यान जाने गरी दक्षिणी इरानी सहर करमानमा भएको दोहोरो बम विस्फोटको जिम्मेबारी लिएको थियो । उक्त आक्रमण इराकमा अमेरिकी ड्रोन आक्रमणमा मारिएका शीर्ष रिभोल्युसनरी गार्ड्सका जनरल कासिम सुलेमानीको मृत्युको वार्षिकोत्सवमा आयोजित समारोहमा भएको थियो । 

इरानले वर्षौंदेखि जिहादी र अन्य आतङ्कवादी समूहहरूसँग लड्दै आएको छ । आइआरएनएले शनिबार पाकिस्तानसँगको सीमा नजिक जिहादीहरूले गरेको हालैको आक्रमणमा मारिएका ‘शहीद’ हरूको सङ्ख्या बढेर १६ पुगेको बताएको छ । मारिनेमा सबै सुरक्षा बलका सदस्य रहेका छन् । 

यसअघि सरकारी मिडियाले झडपमा १० सुरक्षाकर्मी र जैश अल–अदल जिहादी समूहका १८ सदस्य मारिएको बताएको थियो । सुन्नी मुस्लिम विद्रोही समूह जैश अल–अदलको स्थापना सन् २०१२ मा भएको थियो । 

प्रकाशित मिति : २४ चैत्र २०८०, शनिबार  ७ : ०५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै