सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा भइरहेको छ कारोबार ? « Khabarhub

सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा भइरहेको छ कारोबार ?


२५ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


37.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  साताको पहिलो कारोबार दिन अर्थात् आइतबार नेपाली बजारमा सुनको मूल्य बढेर नयाँ रेकर्ड राखेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा २ हजार ९०० रुपैयाँले बढेको हो ।

महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३५ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख ३४ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

गत शक्रबार छापावाल सुन प्रतितोला १ लाख ३२ हजार ७०० रुपैयाँ र तेजाबी सुन १ लाख ३२ हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ५५ रुपैयाँले बढेर तोलाको १ हजार ६७० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

शुक्रबार चाँदी प्रतितोला १ हजार ६१५रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : २५ चैत्र २०८०, आइतबार  ११ : ०९ बजे

‘चुनौतीकाबीच सम्मानजनक मत पायौँ’

काठमाडौं– उज्यालो नेपाल पार्टीले हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको समीक्षा

जेन-जी आन्दोलन भ्रष्टाचार, बेरोजगारी र कुशासनविरुद्ध युवाको विद्रोह : अर्थ मन्त्रालय

काठमाडौं– अर्थ मन्त्रालयले ‘जेन-जी आन्दोलनको बुझाइ : मूल कारण, वास्तविकता

ओली हार्दा प्रधानमन्त्री कार्की चकित, भनिन् ‘मैले त्यस्तो होला भन्ने कल्पना गरेको थिइनँ

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली

प्रत्यक्षमा आठ सिट जितेको नेकपाले समानुपातिकमा पठायो यी नौ नाम

काठमाडौं- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले

राजनीति तात्दा सिनेमा हलको कन्तबिजोग

काठमाडौं – देशमा राजनीतिक घटनाक्रम चर्चामा रहँदा फिल्मी गतिविधिहरू छायाँमा