जनप्रदर्शनमा ५० हजार बढीको सहभागिता हुन्छ : अध्यक्ष लिङ्देन | Khabarhub Khabarhub

जनप्रदर्शनमा ५० हजार बढीको सहभागिता हुन्छ : अध्यक्ष लिङ्देन


२५ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीले चैत्र २७ गतेको जनप्रदर्शनमा ५० हजारभन्दा बढीको सहभागिता हुने दाबी गरेको छ ।

जनप्रदर्शनको तयारीका बारेमा जानकारी दिन आइतबार पार्टी कार्यालय धुम्वाराहीमा पत्रकार सम्मेलन गर्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रदर्शनको सबै तयारी पुरा भएको र ५० हजारभन्दा बढीको सहभागिता हुने दाबी गरेका हुन् ।

उनले आफूहरूको प्रदर्शन शान्तिपूर्ण हुने भन्दै सुरक्षाको उचित प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण गराए। आफूहरूको प्रदर्शनलाइ रोक्न सरकारले निषेधाज्ञा जारी गरे राप्रपाले त्यसको प्रतिकार गर्ने उनले बताए ।

पछिल्लो दिनमा विरोध प्रदर्शन गर्न पाउने अधिकारलाई कुण्ठित गर्न निषेधाज्ञा जारी गर्ने, लाठीचार्ज गर्ने काम भएको भन्दै उनले निन्दा र भर्त्सना गरे ।

उनले भृकुटिमण्डबाट सुरु हुने जनप्रदर्शनले शहरका विभिन्न स्थानको परिक्रमा गरेर सभामा परिणत हुने जिकिर गरे । अध्यक्ष लिङ्देनले आफूहरूको एजेण्डमा सहमत जनाउनेहरूलाई पनि प्रदर्शनमा सहभागी हुन अपिल गरे ।

राप्रपाले विभिन्न माग राख्दै प्रधानमन्त्रीलाई ४० बुँदे माग पत्र समेत बुझाएको थियो । जसमा अभिभावकीय भूमिकामा संवैधानिक राजसंस्था हुनुपर्ने, सर्वधर्म समभाव, पूर्ण धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन धर्मसापेक्ष हिन्दू अधिराज्य घोषणा गर्नुपर्ने, संगठित, योजनाबद्ध, प्रलोभन तथा छलकपटपूर्ण धर्मान्तरणमा तत्काल रोक्नुपर्ने, प्रदेश संरचनाको खारेजी र दुई तहको सरकार– केन्द्र र अधिकारप्राप्त स्थानीय तह बनाउनुपर्ने लगायतका रहेका छन् ।

प्रकाशित मिति : २५ चैत्र २०८०, आइतबार  ५ : ४२ बजे

ओलीले देउवालाई पनि धोका दिन्छन् : मसाल

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकाका सभापति शेरबहादुर

राष्ट्रियसभा : शिक्षामा बजेट थप्न सांसदहरूको माग

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले शिक्षा क्षेत्रमा बजेट थप्न तथा

वर्षासँगै बिजुली उत्पादन बढ्दै, खेर जाने चिन्तामा प्रवर्द्धक

काठमाडौं– पछिल्ला सातादेखि देशभर वर्षा हुन थालेपछि जलविद्युत उत्पादन गृहहरूबाट

एमालेले आजै सरकार छोड्ने

काठमाडौं– नेकपा एमालेले आजै सरकार छोड्ने तयारी गरेको छ ।

म्याग्दी नदीको कटान रोक्न मंगलाघाटमा पर्खाल निर्माण

म्याग्दी– बेनी नगरपालिका–७ मंगलाघाटमा म्याग्दी नदीको कटान र बाढी नियन्त्रणका