काठमाडौं– नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रा. लि.ले विद्युतीय गाडी टाटा टियागो इभीको शुरुवाती मूल्य योजना समाप्त भएको जनाएको छ ।
सन् २०२३ को सेप्टेम्बरमा आयोजित नाडा अटो शोको अवसरमा कम्पनीले टियागो इभी नेपाली बजारमा आकर्षक मुल्यमा सार्वजनिक गरेको थियो ।
टियागो इभी नेपालको विद्युतीय चारपांग्रे सवारी साधनको नम्बर १ ह्याचब्याक हो । हालसम्म यस गाडीका १,५०० भन्दा बढी ग्राहक रहेको कम्पनीले जानाएकाे छ ।
यस गाडीको खरिदमा सिमित अवधिको लागि राखिएको मूल्य मार्च सम्म लम्बाइएको थियो । कम्पनिको अनुसार २०२४ अप्रिलको ५ तारिक देखि टियागो इभीको सुरुवाती मुल्यको अवधि सकिएको छ । नेपालमा उपलब्ध टियागो इभीको सबै मोडलहरुमा एक लाखले मुल्य वृद्धि भएको छ ।
प्रतिक्रिया