दक्षिण गाजाको खान युनिस सहरबाट पछि हट्यो इजरायली सेना « Khabarhub

दक्षिण गाजाको खान युनिस सहरबाट पछि हट्यो इजरायली सेना


२६ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इजरायली सेना दक्षिण गाजाको खान युनिस सहरबाट पछि हटेको छ । इजरायली सेनाले खान युनिस शहरबाट सेना फिर्ता गरिसकेको जानकारी दिएको हो ।

यसै क्रममा इजरायली रक्षामन्त्री योभ गालान्टले खान युनिसबाट पछि हटेपछि इजरायली सेनाले रफाह सहरमा जमिन आक्रमणको तयारी गरिरहेको बताएका छन् । युद्ध सुरु भएदेखि नै यहाँ हवाई आक्रमण हुँदै आएको थियो । 

अमेरिकी मिडिया न्यूयोर्क टाइम्सका अनुसार इजरायली सेनाले खान युनिसमाथि ४ महिनाअघि हमला गरेको थियो । यसैबीच, सहर फर्केका मानिसहरूले चारैतिर फोहोर मात्रै देखिने गरेको बताउँछन् ।

सेनाको पछि हटेको सुनेपछि खान युनिस फर्केकाले कुनै सहर बाँकी नरहेको र भग्नावशेष मात्रै देखेको बताएका छन् । 

२०२३ को अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरेपाची शुरु भएको यस युद्धमा अहिलेसम्म गाजामा ३३ हजारभन्दा बढी प्यालेस्टाइनीको मृत्यु भएको छ । यसमा १३ हजारभन्दा बढी बालबालिका छन् । अल जजीराको रिपोर्ट अनुसार हरेक दिन करिब १८० जनाको मृत्यु भैरहेको छ । 

७५ हजारभन्दा बढी घाइते भएका छन् । 

प्रकाशित मिति : २६ चैत्र २०८०, सोमबार  २ : ०० बजे

प्रतिनिधिसभाबाट तीन अध्यादेश स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाबाट तीन अध्यादेश स्वीकृत भएको छ । सभाको आजको

खर्च नहुनेको निःशुल्क उपचार गरिदिने क्यान्सर विज्ञ क्यान्सरसँगै हारे

वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. प्रकाशराज न्यौपानेको क्यान्सरकै कारण गत

यस्तो छ सुधनले लिजमा लिएको फेवाको जग्गा (तस्बिरहरू)

काठमाडौं– फेवाताल संरक्षण अभियान चलिरहेका बेला पोखरा महानगरपालिका–२२ सिम्ले क्षेत्रमा

सरकारी विज्ञापनसम्बन्धी सरकारको पछिल्लो नीतिबारे सञ्चारमन्त्री र पत्रकार महासङ्घबीच छलफल

काठमाडौं– नेपाल पत्रकार महासङ्घको टोलीले आज सञ्चार तथा सूचना प्रविधिमन्त्री

रामपुरमा अन्तर्राष्ट्रिय मौरी सम्मेलन

चितवन- कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुरमा अन्तर्राष्ट्रिय मौरी सम्मेलन