उपत्यकाब्यापी धिमे बाजा प्रतियोगिता « Khabarhub

उपत्यकाब्यापी धिमे बाजा प्रतियोगिता


२६ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भक्तपुरको मध्यपुर थिमिस्थित प्राचीन शहर बोडेमा उपत्यकाब्यापी धिमे बाजा प्रतियोगिता तथा सांस्कृतिक मेला आयोजना गरिएको छ । 

सोमबार बोडेको लायकुमा धिमे बाजा प्रतियोगिता तथा सांस्कृतिक मेला आयोजना गरिएको हो । मध्यपुर थिमी नगरपालिकाको आयोजना तथा लाकुछेँ धिमे गुठी र खपला धिमे गुठीको संयोजनमा धिमे बाजा प्रतियोगिता आयोजना गरिएको आयोजक समितिको संयोजक दिलकृष्ण प्रजापतिले जानकारी दिए ।

सांस्कृतिक मेलाबाट धिमे बाजाको मधुर धुनले मध्यपुर थिमीको ऐतिहासिकताको झल्को दिएको आयोजकको विश्वास छ । त्यस्तै सांस्कृतिक मेलामा मध्यपुरको रैथाने उत्पादनहरू तथा मौलिक खानेकुराको बिभिन्न स्टलहरू राखिएको प्रजापतिले जानकारी दिए । 

भक्तपुरमा ऐतिहासिक बिस्केट जात्राको पूर्वसन्ध्यामा धिमे बाजा प्रतियोगिता तथा सांस्कृतिक मेला आयोजना गरिएको हो । बिस्केट जात्रा भने मंगलबारबाट सुरु हुँदै छ । 

प्रकाशित मिति : २६ चैत्र २०८०, सोमबार  २ : ५६ बजे

‘गगनले सकेनन्, कांग्रेसलाई एक बनाएर म देखाउँछु’

काठमाडौं- नेपाल विद्यार्थी संगठनका पूर्वअध्यक्ष एवम् नेपाली कांग्रेसका पूर्वमहामन्त्री किशोर

म्याग्दीका पहिरो प्रभावित क्षेत्रमा भूगर्भविद्को अध्ययन सुरु

म्याग्दी– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा नेपाल भौगर्भिक

चितवनका १०१ पत्रकारको आँखा परीक्षण

चितवन– नेपाल नेत्रज्योति सङ्घ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालमा आज

कांग्रेस महाधिवेशन : केन्द्रमा उम्मेदवारी दिएका नेता प्रदेश र जिल्लामा उठ्न नपाउने

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कुनै पनि केन्द्रीय पदमा उम्मेदवार

रणनीतिक भण्डारबाट ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

एजेन्सी– अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आईईए) का सदस्य राष्ट्रहरूले रणनीतिक भण्डारबाट