कांग्रेसलाई परियारको प्रश्न : भावनामा जोडेर कसैलाई कारबाही गर्न मिल्छ ? « Khabarhub

कांग्रेसलाई परियारको प्रश्न : भावनामा जोडेर कसैलाई कारबाही गर्न मिल्छ ?


२६ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले कांग्रेसले कुटिल चाल चालेको बताएका छन् । उनले सांसदलाई मुठभेडको स्थितिमा पुर्‍याउन नहुने समेत बताए । सभामुख देवराज घिमिरेले बोलाएको चार दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन । 

उनले भने, ‘बैठक सहमति नजिक पनि पुगेन। कांग्रेस संसदीय छानबिन समितिको मागमै अडिएको छ। एक खालको बालहठजस्तो भयो। कांग्रेसको यो कुटिल चाल हो। हामी त्यो कदापि हुन दिँदैनौँ ।’ 

प्रमुख सचेतक परियारले भावनामा जोडेर कसैलाई अपराधी बनाउन नमिल्ने भन्दै कांग्रेसलाई प्रश्न गरे, ‘भावनामा जोडेर कसैलाई कारबाही गर्न मिल्छ? कांग्रेस आफैँ हिजो सरकारमा थियो। त्यतिबेला किन समिति बनाएन ?’

प्रकाशित मिति : २६ चैत्र २०८०, सोमबार  ४ : ३४ बजे

न्युयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री डा. एस.

परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्री हुकरबीच भेटवार्ता: भोटेकोशी बाढी र पुनर्निर्माणमा छलफल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त राज्य अमेरिकाकी राजनीतिक

एसियाली खेलकुदअघि जापानको सनसनीपूर्ण प्रदर्शन: विश्वविजेता भारत हारबाट जोगियो

काठमाडौँ – विवादास्पद ‘वाइड’ बलको निर्णय उल्ट्याइएपछि टी-२० विश्वविजेता भारत

राष्ट्रसंघ महासभामा गर्जिए अमेरिकी राष्ट्रपति ट्रम्प : इरानलाई ‘सखाप’ पार्ने चेतावनी

काठमाडौंँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौता गर्ने वा

फ्लाई दुबईले आजदेखि पोखरा विमानस्थलमा नियमित उडान गर्ने

कास्की– फ्लाई दुबईले आजदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा दुबई–पोखरा–दुबई रुटमा नियमित