निशानसँग अंश नलिई सम्बन्धविच्छेद गरिन् ऋचाले « Khabarhub

निशानसँग अंश नलिई सम्बन्धविच्छेद गरिन् ऋचाले


२६ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल आइडलबाट उदाएका गायक निशान भट्टराई र श्रीमती ऋचा न्यौपानेले सम्बन्धविच्छेद गरेका छन् । 

गत चैत ७ गते जिल्ला अदालत काभ्रेका न्यायाधीश विश्वनाथ भट्टराईको इजलासले सम्बन्धविच्छेदको फैसाला सुनाएको सूचना अधिकारी हिराकुमारी भण्डारीले जानकारी दिइन् । सूचना अधिकारी भण्डारीका अनुसार ऋचाले निशानबाट अंश नलिई सम्बन्धविच्छेद गरेकी हुन् । 

उनी भन्छिन्, ‘निवेदनमा अंशबारे केही उल्लेख थिएन । अदालतले पनि अंशका बारेमा केही आदेश दिएको छैन ।’ 

गत चैत ७ गते निशान र ऋचाले सम्बन्धविच्छेदका लागि संयुक्तरुपमा निवेदन दिएका थिए । 

निशान ‘नेपाल आइडल’को पहिलो सिजनबाट उदाएका गायक हुन् । उनले विसं २०७७ सालमा सोही अदालतमा प्रेमिकासँग कानुनी विवाह गरेका थिए । 

विगत केही समयदेखि सो दम्पतीको सम्बन्धमा दरार आएको चर्चा आइरहेको थियो ।

प्रकाशित मिति : २६ चैत्र २०८०, सोमबार  ४ : ३८ बजे

यी हुन रास्वपाबाट समानुपातिक सूचीमा समावेश हुने उनेपाका १८ जना

काठमाडौं– रास्वपामा उज्यालो नेपाल पार्टीका १८ जनाको नाम समानुपातिकतर्फ प्रस्ताव

अहिलेसम्म ३१ दलले मात्रै बुझाए समानुपातिकको बन्दसूची

काठमाडौं- ३१ राजनीतिक दलले निर्वाचन आयोगमा आगामी फागुन २१ गते

पाँच वर्षमा ७१ गर्भवती तथा सुत्केरीको हवाई उद्धार

गण्डकी – गण्डकी प्रदेशमा आर्थिक वर्ष २०७७/०७८ देखि हालसम्म ७१

नेकपाले बन्दसूची बुझाउन किन गर्‍यो ढिलाइ ?

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीले समानुपातिकतर्फको बन्दसूची बुझाउन ढिलाइ गरेको छ

पर्यटकलाई दुःख दिने १२ जना पक्राउ

काठमाडौं – प्रहरीले पर्यटक तथा सर्वसाधारणलाई दुःख हैरानी दिने १२