कोशीमा वैकल्पिक सरकार गठनको दावी पेश « Khabarhub

कोशीमा वैकल्पिक सरकार गठनको दावी पेश


२६ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

विराटनगर– कोशी प्रदेशमा सरकार परिवर्तनको प्रक्रिया शुरु भएको छ । माओवादी केन्द्रले सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएपछि नेकपा एमाले र माओवादीसहितका दलको कोशी प्रदेशमा वैकल्पिक सरकारको गठनका लागि प्रदेश प्रमुखसमक्ष निवेदन दिएका छन्  ।

एमाले र माओवादीसहितका दलले मुख्यमन्त्री केदार कार्की अल्पमतमा परेको भन्दै सोमबार प्रदेश प्रमुख परशुराम खापुङ्गसमक्ष निवेदन दिएका हुन् । 

एमालेका ३९ र माओवादीका १३ सांसदको हस्ताक्षरसहित गठबन्धनले कोशी प्रदेशमा वैकल्पिक सरकारको गठनको संभावना रहेकोले त्यो प्रक्रिया अगाडि बढाउन पनि प्रदेश प्रमुख खापुङलाई निवेदन दिएको हो ।

निवेदनमा एमाले प्रदेश सभा संसदीय दलका नेता माननीय हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री बनाउन आग्रह गरिएको छ । गत आश्विन २७ गते एमालेका ३९ जना सदस्य र नेपाली कांग्रेसका ८ जना सदस्य समेत कुल ४७ जना सदस्यको समर्थनका आधारमा काँग्रेस सांसद केदार कार्की मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनलाई कात्तिक १ मा राप्रपाबाहेक सबै दलले विश्वसको मत दिएका थिए ।

उक्त निवेदनमा कात्तिक १ मा विश्वासको मत दिएको माओवादी केन्द्र तथा एमालेले समेत समर्थन फिर्ता लिएकाले मुख्यमन्त्री केदार कार्की अल्पमतमा परिसकेको दाबी गरिएको छ ।

प्रकाशित मिति : २६ चैत्र २०८०, सोमबार  ५ : ३४ बजे

परराष्ट्रमन्त्री र बङ्गलादेशका परराष्ट्रमन्त्री रहमानबीच टेलिफोन वार्ता

काठमाडौं–  परराष्ट्रमन्त्री शिशिर खनाल र बङ्गलादेशका विदेशमन्त्री डा. खलिलुर रहमानबीच आज

विपद्‍मा सरकारलाई विपक्षीको ढाड्स- हामी साथमा छौं, सरकारले काम गरोस् 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले  बोलाएको सर्वदलीय बैठकमा

रसुवा बाढी पीडितलाई मह जोडीको दुई लाख सहयोग

काठमाडौं – चीन-नेपाल बाढीमा प्रभावितको लागि कलाकार जोडी मदनकृष्ण श्रेष्ठ

छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार

काठमाडौं– रसुवामा आएको बाढीका कारण प्रभावित ३३६ जनाको हवाई उद्धार

बाढीमा फसेकाको उद्धारमा २२ वटा हेलिकप्टर परिचालन गरेका छौँ : अर्थमन्त्री वाग्ले

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले रसुवास्थित भोटेकोशी तथा त्रिशूली नदीमा