सशस्त्र प्रहरीको साताव्यापी पैदल गस्ती सुरु « Khabarhub

सशस्त्र प्रहरीको साताव्यापी पैदल गस्ती सुरु


२६ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– सीमा क्षेत्रको समग्र अवस्थाबारे स्थलगत अनुगमन तथा सीमावासी नागरिक र जनप्रतिनिधिसित छलफलका लागि सशस्त्र प्रहरी बलले कञ्चनपुरमा साताव्यापी चौबीसैं घण्टा पैदल गस्ती सुरु गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल ३५ नं गण शैलेश्वरीको आयोजनामा सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा ३५ जनाको टोलीले कञ्चनपुरको पुनर्वास नगरपालिका–११ डोकेबजारबाट सो पैदल गस्ती सुरु गरेको हो ।

सशस्त्र प्रहरी बल नेपाल ३५ नं गण शैलेश्वरीका गणपति सशस्त्र प्रहरी उपरीक्षक खगेन्द्रबहादुर चन्दले सीमा क्षेत्रमा सीमास्तम्भ, दशगजाको रेखदेखका साथै सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रण, मानव बेचबिखन तथा लागूपदार्थ आयात नियन्त्रणलगायतका विषयलाई लक्षित गरी साताव्यापी पैदल गस्ती कार्यक्रम सुरु गरिएको जानकारी दिए ।

‘सो क्रममा सीमाका नागरिकसित सीमा क्षेत्रको समग्र अवस्थाका विषयमा छलफलका साथै जनप्रतिनिधिसित टोलीले संवाद र छलफल गर्ने’, गणपति सशस्त्र प्रहरी उपरीक्षक चन्दले भने, ‘आगामी दिनमा सुदूरपश्चिममा नियमितरुपमा उक्त गस्ती भइरहनेछ ।’

उनले कञ्चनपुरको सीमा क्षेत्रको गस्ती सकिनासाथ कैलालीमा पनि सुरु हुने जानकारी दिए। ‘कैलाली सकिएपछि फेरि कञ्चनपुरमा सुरु हुन्छ’, चन्दले भने, ‘अब यो क्रम निरन्तर चलिरहँदा सीमा संरक्षणका साथै सीमा क्षेत्रको अवैध गतिविधिदेखि आपराधिक क्रियाकलाप नियन्त्रण हुन्छ ।’

उनले सशस्त्र प्रहरी बल केन्द्रको योजनाअनुसार आइतबारदेखि यहाँ गस्ती सुरु भइसकेको जानकारी दिए । डोकेबजारस्थित नेपाल–भारत सीमास्तम्भ नम्बर ७५२-७ बाट सुरु भएको गस्तीको नेतृत्व सशस्त्र प्रहरी निरीक्षक खगेन्द्र चन्दले गरे ।

प्रकाशित मिति : २६ चैत्र २०८०, सोमबार  ५ : ५१ बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको