सशस्त्र प्रहरीको साताव्यापी पैदल गस्ती सुरु « Khabarhub

सशस्त्र प्रहरीको साताव्यापी पैदल गस्ती सुरु


२६ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– सीमा क्षेत्रको समग्र अवस्थाबारे स्थलगत अनुगमन तथा सीमावासी नागरिक र जनप्रतिनिधिसित छलफलका लागि सशस्त्र प्रहरी बलले कञ्चनपुरमा साताव्यापी चौबीसैं घण्टा पैदल गस्ती सुरु गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल ३५ नं गण शैलेश्वरीको आयोजनामा सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा ३५ जनाको टोलीले कञ्चनपुरको पुनर्वास नगरपालिका–११ डोकेबजारबाट सो पैदल गस्ती सुरु गरेको हो ।

सशस्त्र प्रहरी बल नेपाल ३५ नं गण शैलेश्वरीका गणपति सशस्त्र प्रहरी उपरीक्षक खगेन्द्रबहादुर चन्दले सीमा क्षेत्रमा सीमास्तम्भ, दशगजाको रेखदेखका साथै सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रण, मानव बेचबिखन तथा लागूपदार्थ आयात नियन्त्रणलगायतका विषयलाई लक्षित गरी साताव्यापी पैदल गस्ती कार्यक्रम सुरु गरिएको जानकारी दिए ।

‘सो क्रममा सीमाका नागरिकसित सीमा क्षेत्रको समग्र अवस्थाका विषयमा छलफलका साथै जनप्रतिनिधिसित टोलीले संवाद र छलफल गर्ने’, गणपति सशस्त्र प्रहरी उपरीक्षक चन्दले भने, ‘आगामी दिनमा सुदूरपश्चिममा नियमितरुपमा उक्त गस्ती भइरहनेछ ।’

उनले कञ्चनपुरको सीमा क्षेत्रको गस्ती सकिनासाथ कैलालीमा पनि सुरु हुने जानकारी दिए। ‘कैलाली सकिएपछि फेरि कञ्चनपुरमा सुरु हुन्छ’, चन्दले भने, ‘अब यो क्रम निरन्तर चलिरहँदा सीमा संरक्षणका साथै सीमा क्षेत्रको अवैध गतिविधिदेखि आपराधिक क्रियाकलाप नियन्त्रण हुन्छ ।’

उनले सशस्त्र प्रहरी बल केन्द्रको योजनाअनुसार आइतबारदेखि यहाँ गस्ती सुरु भइसकेको जानकारी दिए । डोकेबजारस्थित नेपाल–भारत सीमास्तम्भ नम्बर ७५२-७ बाट सुरु भएको गस्तीको नेतृत्व सशस्त्र प्रहरी निरीक्षक खगेन्द्र चन्दले गरे ।

प्रकाशित मिति : २६ चैत्र २०८०, सोमबार  ५ : ५१ बजे

रविलाई भेटेका नेता भन्छन् : सोमबार नै प्रधानमन्त्रीले यति गरेको भए देशले क्षति भोग्नुपर्ने थिएन

काठमाडौं- सुनसरीको कप्तानगञ्जमा आइतबारदेखि चर्किएको तनावले पाँच दिनसम्म देशभर संकट

देवानगञ्ज घटनाका घाइतेलाई भेट्न अस्पताल पुगे गृहमन्त्री (तस्बिरहरू)

सुनसरी – सुनसरीको देवानगञ्जमा भएको घटनामा घाइते भएकाहरूलाई भेट्न गृहमन्त्री

राहदानी विभागले थप आवेदन फारम खोल्ने

काठमाडौं – दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत आवेदन

सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ सुनसरी घटनाका घाइतेलाई भेट्न आज

मधेशमा उच्च सुरक्षा सतर्कता, प्रहरीलाई बिदा नबस्न सर्कुलर

काठमाडौं – तराई–मधेशका विभिन्न जिल्लामा पछिल्ला दिनहरूमा शान्ति सुरक्षाको अवस्था