आज २०८० साल चैत २७ गते मंगलबारको राशिफल | Khabarhub Khabarhub

आज २०८० साल चैत २७ गते मंगलबारको राशिफल


२७ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


5.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आज २०८० साल चैत २७ गते मंगलबार तदनुसार सन् २०२४ अप्रिल ९ तारिख। चैत शुक्ल पक्षको प्रतिपदा तिथि। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प. सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : काममा अवरोध हुने जोखिम छ। जुनसुकै योजना अगाडि बढाउँदा पनि सचेत हुनु राम्रो हुन्छ। हरेक क्षेत्रमा जस्तै यात्रामासमेत जोखिम देखिन्छ। अप्ठेरो परिस्थितिमा पनि परिवारको भने साथ रहनेछ।

वृष : सिर्जनात्मक क्षमताको विकास हुनेछ। लगानी भएका क्षेत्रको काम अगाडि बढ्नेछ। शिक्षामा सम्मान हुनेछ। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ। वैदेशिक क्षेत्रको लगानीबाट राम्रो आम्दानी हुनेछ।

मिथुन : महत्त्वपूर्ण कामको सुरुवात गर्ने दिन छ। समाजसेवामा मन जानेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। पारिवारिक साथ र सहयोग रहने छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट : आदर्श व्यक्तिसँगको भेटले मन खुशी हुनेछ। स्वदेश तथा विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयासबाट सफलता मिल्नेछ। परिवारको सहयोग मिल्नेछ।

सिंह : खर्च बढ्नेछ। आफू कमजोर भएको सोचाइ मनमा उब्जन सक्छन्। शिक्षामा भने सफलता मिल्नेछ। व्यापारमा फाइदा हुने योग छ। परिवारमा भने खटपटी हुने जोखिम छ।

कन्या : अरुलाई प्रभावमा राखेर काम गर्नुपर्ने दिन छ। शिक्षाबाट उत्साह बढ्नेछ। स्वदेशी लगानीमा सफलता मिल्नेछ। पारिवारिक र सामाजिक क्षेत्र सबल रहेको छ। आर्थिक क्षेत्रमा उन्नति हुनेछ।

तुला : स्वास्थ्यको ख्याल गर्नुपर्ने दिन छ। आफ्नो मूल्य बुझ्नुपर्ने दिन हो। खानापानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ। ठूला कामको सुरुवात गर्नु राम्रो हुन्छ। तपाईंको काम देखेर परिवार र समाजले प्रशंसा गर्नेछन्।

वृश्चिक : रोकिएको कामको सुरुवात हुनेछ। सामाजिक क्षेत्रमा प्रशंसा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। नयाँ नयाँ कुरा सिक्ने अवसर सिर्जना हुनेछ।

धनु : महत्त्वपूर्ण काममा अवरोध हुनसक्छ। लगानी गरेका क्षेत्रमा विवाद हुने देखिन्छ। मित्रबाट सहयोग मिल्नेछ। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मकर : अवसर धेरै आएका छन्। बोलीको प्रभावले हरेक काम बन्नेछन्। परिवारबाट साथ र सहयोग मिल्नेछ। वैदेशिक क्षेत्रबाट फाइदा हुने योग छ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ।

कुम्भ : श्रमको मूल्य प्राप्त हुनेछ। गुमेको सम्पत्ति प्राप्त हुनेछ। साथीले सहयोग गर्नेछन्। लगानीको क्षेत्रबाट फाइदा हुनेछ। व्यापारमा फाइदा हुनेछ।

मीन : परिवारसँग रमाउने दिन छ। समाजसेवामा मन जानेछ। परिवारमा रमाउनु नै आजको दिनको उपलब्धि मान्नुपर्नेछ। आकर्षक उपहार प्राप्त हुने योगसमेत रहेको छ।

प्रकाशित मिति : २७ चैत्र २०८०, मंगलबार  ५ : १९ बजे

‘ज्याप ईभी’ भाडा सेवा: महिलामैत्री र हरित सवारीतर्फ महत्वपूर्ण कदम

काठमाडौं – काठमाडौंले दिगो शहरी यातायाततर्फ एक महत्वपूर्ण कदम चालेको

समाजवादउन्मुख अर्थतन्त्रको विकासले सामाजिक विभेदको अन्त्य गर्छः माधव नेपाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले

ट्राफिक प्रहरीद्वारा ४१ सवारीसाधन सम्बन्धित धनीलाई हस्तान्तरण

काठमाडौं – काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न स्थान र

ट्रम्पलाई भेट्न जेलेन्स्कीसँगै युरोपेली नेताको जम्बो टोली अमेरिका जाँदै, होला सम्झौता ?

काठमाडौँ– अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्न युक्रेनी राष्ट्रपति भोलोदिमिर

‘पिपुल्स च्वाइस’तर्फ पाँच खेलाडी मनोनयनमा

काठमाडौं – बाइसौँ संस्करणको ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८१’ अन्तर्गत