अमेरिकामा पक्राउ परेका ७ सय आप्रवासी मध्ये ३ सय थुनामुक्त « Khabarhub

अमेरिकामा पक्राउ परेका ७ सय आप्रवासी मध्ये ३ सय थुनामुक्त


२४ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी–बुधबार अमेरिकाको मिसिसिपी राज्यमा पक्राउ परेका आप्रवासीहरुमध्ये ३ सय थुनामुक्त भएका छन् । अभियानकर्ताहरुले भने पक्राउ परेका सबैजना थुनामुक्त गर्न माग गरेका छन् ।

मिसिसिपी राज्यका विभिन्न कृषि तथा खाद्य प्रशोधन उद्योगमा कार्यरत सात सय आप्रवासी कामदारहरू आवश्यक कानुनी प्रक्रिया पूरा नगरीकनै काम गर्न थालेको आरोपमा बुधबार पक्राउ परेका थिए ।

त्यो कारबाहीपछि आप्रवासीका बालबच्चाको अवस्था दयनीय भएको समाचार सार्वजनिक हुन थालेपछि विपक्षी डिमोक्र्याटिक पार्टीका नेताहरूले ट्रम्प प्रशासनको बिरोध गरेको बीबीसीले जनाएको छ । तर अधिकारीहरूले बालबालिकाको स्याहारको लागि आवश्यक व्यवस्था गरिएको बताएका छन्।

राष्ट्रपति ट्रम्पले गत जुन महिनामा “गैरकानुनी रूपमा अमेरिका प्रवेश गरेका दशौँ लाख आप्रवासीलाई देश निकाला गरिने” घोषणा गरेका थिए ।

अमेरिकन सिभिल लिबर्टिज युनियन (एसीएलयू)ले त्यो कारबाही अनावश्यक र क्रुर भएको बताएको छ। त्यस क्रममा खासगरी हिस्पानिक भनिने दक्षिण अमेरिकी मूलका कामदारहरूलाई विभिन्न उद्योगहरूबाट पक्राउ गरिएको थियो।

उनीहरू सूचीकृत कामदार नभएको आशङ्का गरिएको थियो। अहिले तीमध्ये आधा थुनामुक्त भएको बताइएको छ ।

तर विपक्षी डिमोक्र्याटिक पार्टीका नेताहरूले पछिल्लो कारबाही कामदारका बालबालिकाहरूका लागि हानिकारक हुन सक्ने भन्दै भर्त्सना गरेका छन् । आप्रवासी कामदारहरू पक्राउ परेपछि उनीहरूमध्ये धेरैका केटाकेटी आमाबाबुबाट छुट्टिनुपर्ने अवस्थामा पुगेका छन् ।

प्रकाशित मिति : २४ श्रावण २०७६, शुक्रबार  १२ : २५ बजे

एउटा युग, दुई नायक : बिदाइ किन फरक ?

फुटबलको पछिल्लो दुई दशक सम्झिँदा दुई नाम स्वतः अगाडि आउँछन्-लियोनेल

पोखरामा स्कुल बस दुर्घटना : ५ जनाको मृत्यु, १४ जना घाइते

काठमाडौं- कास्कीको पोखरामा स्कुल बस दुर्घटना हुँदा चार विद्यार्थी र एक

उखु किसानलाई एक अर्ब ५० करोड अनुदान

काठमाडौं– सरकारले उखु किसानलाई एक अर्ब ५० करोड अनुदान प्रदान

मेक्सिकोको सिनालोआस्थित कारागारमा दङ्गा, १० जनाको मृत्यु

एजेन्सी – उत्तरपश्चिमी मेक्सिकोको सिनालोआ राज्यस्थित एल क्यास्टिलो कारागारमा बिहीबार भएको

निलम्बित एआईजी दाहालमाथि कारबाही गर्न सिफारिस

काठमाडौं- निलम्बनमा परेका सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज