आज २०८० साल चैत २८ गते बुधबारको राशिफल « Khabarhub

आज २०८० साल चैत २८ गते बुधबारको राशिफल


२८ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


5.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आज २०८० साल चैत २८ गते बुधबार तदनुसार सन् २०२४ अप्रिल १० तारिख । चैत्र शुक्ल पक्षको द्वितीया तिथि । ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ । २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ । त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प. सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : दैनिकी राम्रो छ । नयाँ साथीसँगको भेटले मन खुशी हुनेछ । शिक्षामा सफलता, स्वास्थ्यमा लाभ हुनेछ । सामाजिक र राजनीतिक क्षेत्रमा ठगबाट जोगिनुपर्नेछ । परिवारको सहयोग मिल्नेछ ।

वृष : दिन राम्रो छ । आर्थिक क्षेत्र सबल देखिन्छ । राजनीतिक क्षेत्रको लगानीले साथ दिनेछ । साथीको हुटहुटीले गर्दा पश्चिमको यात्रा नगर्नु राम्रो हुन्छ । व्यापार नछोड्नु राम्रो हुन्छ । परिवारबाट खुशी मिल्नेछ ।

मिथुन : दिन सामान्य छ । डर र त्रास देखाएर फाइदा लिनेहरु सक्रिय छन् । समस्यामा सहयोग गर्ने हुने छैनन् । आफ्ना योजना नसुनाउनु राम्रो हुन्छ । गुरुको साथ र सहयोग रहनेछ ।

कर्कट : दिन राम्रो छ । मनोकामना पूरा हुनेछ । मन खुशी हुनेछ । सामाजिक क्षेत्रमा प्रशंसा हुनेछ । राजनीतिमा सेवा गर्ने मौका मिल्नेछ । परिवारको साथ रहनेछ । वैदेशिक क्षेत्रमा ठगले सताउने भएकाले सचेत बन्नु राम्रो हुन्छ ।

सिंह : दिन राम्रो छ । आफूले आफूलाई मर्यादित राख्नु राम्रो हुन्छ । लगानीको क्षेत्र सबल छ । प्रशंसा हुनेछ । रोगबाट मुक्त हुने योग छ । शिक्षामा सफलता मिल्नेछ । परिवारको साथ र सहयोग रहनेछ ।

कन्या : दिन राम्रो छ । साथीले सहयोग गर्नेछन् । लगानी भए वैदेशिक क्षेत्रमा फाइदा हुनेछ । परिवारको मर्म बुझाबुझ नहुँदा खटपटी हुनेछ । सामाजिक क्षेत्रमा मान र सम्मान मिल्नेछ ।

तुला : दिन राम्रो छ । प्रयास गरेको क्षेत्रमध्ये स्वास्थ्यमा लाभ हुनेछ । परिवारको साथ मिल्नेछ । शिक्षाको क्षेत्रमा कुरा काट्ने सक्रिय भएकाले सचेत हुनुपर्छ । सामाजिक क्षेत्रमा सेवा गर्ने मौका आएको छ ।

वृश्चिक : समय राम्रो छ । चन्द्रमाले साथ दिएको छ । व्यापार र शेयरमा लगानी भए फाइदा हुनेछ । चुपचाप आक्रमण गर्ने मित्र सक्रिय छन् । गलत काम खोजीमा उनीहरु सक्रिय छन् । परिवारको साथ भने राम्रो छ ।

धनु : दिन राम्रो छ । प्रतिस्पर्धीले नै साथ दिनेछन् । शिक्षामा गरेको श्रम लगानीबाट उत्साह मिल्नेछ । वैदेशिक लगानीबाट फाइदा हुनेछ । पारिवारिक क्षेत्रमा साथ र सहयोग रहनेछ । सामाजिक क्षेत्रमा भने विवाद हुनेछ ।

मकर : आजको दिन राम्रो छ । बोलीमा ख्याल नगर्दा आफन्तले चित्त दुखाउन सक्छन् । लगानीका क्षेत्रबाट फाइदा हुनेछ । लगानीको क्षेत्रमा लगानी गर्दा डराउनु पर्दैन । परिवारको साथ मिल्नेछ ।

कुम्भ : दिन सामान्य छ । अचानक रोगको चपेटामा पर्न सकिन्छ । आफूले आफूलाई ख्याल गर्नुपर्ने दिन छ । सामाजिक काम गर्दा झुटा आरोप सुन्नुपर्ने हुनसक्छ । परिवारको साथ गुम्ने खतरा छ । वैदेशिक क्षेत्रको लगानीबाट भने सन्तोषजनक नतिजा मिल्नेछ ।

मीन : दिन राम्रो छ । गुमेको धन मिल्नेछ । राम्रो ठाउँको भ्रमण हुनसक्छ । रमाइलो गर्न खोज्ने साथीले खर्च बढाउने भएकाले सचेत बन्नुपर्ने देखिन्छ । सामाजिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ । परिवारको सहयोग मिल्नेछ ।

 

प्रकाशित मिति : २८ चैत्र २०८०, बुधबार  ६ : ०२ बजे

क्षितिज थेबेको चुनावी सभामा उपमहासचिव योगेश भट्टराई (तस्बिरहरू)

काठमाडौं– नेकपा एमालेका युवा उम्मेदवार क्षितिज थेबेको चुनावी प्रचारका क्रममा

देउवा सभापतिबाट हटेसँगै कर्ण मल्लसहितका नेताहरू कांग्रेसमै फर्किन तयार

डडेल्धुरा – शेरबहादुर देउवालाई विशेष महाधिवेशनमार्फत् गगनकुमाार थापाले सभापतिबाट बिदा

परिवर्तनको एजेन्डा बोकेर जनताको माझ आएका छौँ : कमल थापा

काठमाडौं– राप्रपाका नेता एवं काठमाडौं क्षेत्र नम्बर ५ का उम्मेदवार

बिमा प्राधिकरणको प्रवक्तामा निर्देशक ढुङ्गेल

काठमाडौं– नेपाल बीमा प्राधिकरणको प्रवक्तामा निर्देशक पूजन ढुङ्गेल अधिकारी तोकिएकी

ओलीको दाबी : चुनावपछि देश सम्हाल्ने पार्टी नै एमाले हो

दमक- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यो देशलाई सम्हाल्न