अर्घाखाँचीमा कार दुर्घटना : एक जनाको मृत्यु, ७ घाइते « Khabarhub

अर्घाखाँचीमा कार दुर्घटना : एक जनाको मृत्यु, ७ घाइते


२८ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

सन्धिखर्क– अर्घाखाँचीमा कार दुर्घटना हुँदा एक जना मृत्यु भएको छ भने, ७ जना घाइते भएका छन्।

अर्घाखाँची हुँदै कास्की जाँदै गरेको ग ३च ४५७४ नम्बरको कार बुधबार बिहान साढे ९ बजे पाणिनी गाउँपालिका-८ कोलडाँडामा दुर्घटना भएको थियो।

दुर्घटनामा परेर भूमिकास्थान नगरपालिका-८ किमडाँडाका ६ वर्षीय आरम्भ क्षेत्रीको मृत्यु भएको छ।

घाइते हुनेमा भूमिकास्थान- ८ का चालक ३४ वर्षीय ईश्वरी क्षेत्री, उनकी श्रीमती ३० वर्षीया सम्झना क्षेत्री, उनकी छोरी इभान्सी क्षेत्री, पोखरा- १२ की ३० वर्षीया सविता अधिकारी, सोही ठाउँकी १५ वर्षीय प्रजोल कँडेल, ४२ वर्षीया गीता कँडेल र १० वर्षीय जेशन बस्नेत रहेका जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।

घाइतेहरूको जिल्ला अस्पताल सन्धिखर्कमा उपचार भइरहेको छ।

प्रकाशित मिति : २८ चैत्र २०८०, बुधबार  १२ : ३१ बजे

यस्तो छ अमेरिका-इरानबीच भएको १४ बुँदे समझदारीपत्र (पूर्णपाठ)

काठमाडौं- अमेरिका र इरानबीच युद्धविरामको अवधि थप गर्ने सहमति कार्यान्वयनमा

क्रिटिक्स अवार्ड : हरिवंश, दयाहाङ, आनालगायतले पाउँदै

काठमाडौं – चलचित्र समीक्षक समाज, नेपाल (फिक्सन)ले आगामी शनिबार अवार्ड

नेतृत्व परिवर्तनको ‘बेमौसमी बहस’ नगर्न ओलीको चेतावनी 

काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र नेतृत्व परिवर्तनसम्बन्धी

विज्ञान र नवप्रवर्तनका लागि नयाँ कानुन ल्याइने

काठमाडौं– विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले विज्ञान तथा नवप्रवर्तन

इलाम झापाका झण्डै सय चिया उद्योग बन्द, हजारौँ मजदुर किसान बेरोजगार हुँदै

काठमाडौं– इलाम र झापामा सञ्चालनमा रहेका झण्डै सय चिया उद्योग