वायु प्रदूषण यस वर्षकै उच्च « Khabarhub

वायु प्रदूषण यस वर्षकै उच्च


२८ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


321
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज मुलुकको वायु प्रदूषण बढेर वर्षकै उच्च विन्दुमा पुगेको छ । देशका विभिन्न स्थानमा भइरहेको वन डढेलोका कारण वायु प्रदूषण उच्च विन्दुमा पुगेको हो ।

‘एयर क्वालिटी इन्डेक्स’का अनुसार आज काठमाडौँको वायु गुणस्तर सूचकांक (एक्यूआई) दुई सय ६५ पुगेको छ । मंगलबार एक्यूआई दुई सय पुगेको थियो ।

मुलुकका विभिन्न स्थानमा लागेको वन डढेलोसँगै वायु प्रदूषण अझै बढ्नसक्ने भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । ‘एयर क्वालिटी इन्डेक्स’का अनुसार आज  काठमाडौँ विश्वको प्रदूषित सहरको सूचीमा पहिलो नम्बरमा सूचीकृत भएको छ । 

वातावरण विभागका उपमहानिर्देशक तारादत्त भट्टले बढ्दो डढेलोसँगै उपत्यकामा प्रदूषण पनि ह्वात्तै बढेको बताए। उनले डढेलो नियन्त्रणका लागि सबै सरोकारवालाको समन्वय जरुरी रहेको बताए। 

‘दिनानुदिन प्रदूषण बढिरहेको छ । एक्यूआई तीन सय पुगेपछि राज्यले आपतकालीन घोषण गर्नुपर्ने हुन्छ ।’ उनले वन डढेलो नियन्त्रण नभएसम्म प्रदूषण पनि बढ्दै जाने बताए ।

प्रकाशित मिति : २८ चैत्र २०८०, बुधबार  १ : २४ बजे

टेक्सासमा अमेरिकी सेनाको अपाचे हेलिकप्टर दुर्घटना, दुई सैनिकको मृत्यु

टेक्सास- अमेरिकी सेनाको एएच–६४ अपाचे आक्रमण हेलिकप्टर मध्य टेक्सासको सालाडो नजिकै

नेप्से परिसूचक सामान्य अंकले बढ्यो

काठमाडौं– धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज सामान्य

‘दुईदिने बिदाले आन्तरिक पर्यटन प्रवर्द्धन र अर्थतन्त्र चलायमान भयो, पुनरावलोकन हुँदैन’

काठमाडौं- सरकारले दुई दिनको सार्वजनिक बिदालाई पुनरावलोकन गर्ने कुनै तयारी

विमानस्थल भन्सार प्रणाली स्वचालित बनाउन निर्देशन

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले त्रिभुवन विमानस्थलको भन्सार जाँचपास प्रणालीलाई

बडीमालिका-रामारोशन वन संरक्षण क्षेत्र घोषणा गर्ने निर्णय खारेज गर्न माग

काठमाडौं– सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालले सुदूरपश्चिम प्रदेश सरकारले बाजुराको