सेयर बजारमा दोहोरो अंकको गिरावट « Khabarhub

सेयर बजारमा दोहोरो अंकको गिरावट


२८ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १० दशमलव ७१ अंकले घटेर दुई हजार २५ दशमलव ३० को बिन्दुमा कायम भएको हो ।

आज तीन सय आठ कम्पनीको ८६ लाख ९६ हजार नौ सय १८ कित्ता शेयर ६१ हजार चार सय २० पटक खरिदबिक्री हुँदा रु तीन अर्ब ४८ करोड ५६ लाख ६० हजार छ सय ४० बराबरको कारोबार भएको छ ।

उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव १३ र व्यापार समूह एक दशमलव ४६ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । 

सबैभन्दा धेरै वित्त समूह दुई दशमलव ५० प्रतिशतले घटेको छ । बैंकिङ शून्य दशमलव ०३, विकास बैंक एक दशमलव २५, होटल तथा पर्यटन एक दशमलव ६७, जलविद्युत् शून्य दशमलव ०४ र लगानी शून्य दशमलव ४० प्रतिशतले घटेको छ । 

त्यसैगरी जीवन बीमा समूह एक दशमलव २५, लघुवित्त एक दशमलव १५, म्युचुअल फन्ड शून्य दशमलव ७३, निर्जीवन बीमा समूह एक दशमलव ०४ र अन्य समूह शून्य दशमलव ४४ प्रतिशतले घटेको छ ।

मान्डु हाइड्रोपावर लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै नौ दशमलव ६९ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने सिंगटी हाईड्रो इनर्जी लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको रु १२ करोड ५४ लाख ८८ हजार बराबरको शेयर कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने ङादी ग्रुप पावर लिमिटेडको दुई लाख ५६ हजार सात सय आठ कित्ता शेयर किनबेच भएको छ ।

प्रकाशित मिति : २८ चैत्र २०८०, बुधबार  ४ : १६ बजे

संविधानले विविधतासहितको एकतालाई आत्मसात गरेको छ : राष्ट्रियसभा अध्यक्ष

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले संविधानले विविधतासहितको एकतालाई राष्ट्रिय मेरूदण्डका

एकैदिन तोलामा ८ हजार रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्यमा उच्च गिरावट आएको छ । अघिल्लो

प्रधानमन्त्री कार्कीबाट ‘तमु ल्होसार’को शुभकामना

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले पर्वहरूले आपसी एकता, शान्ति र सद्भाव

बलिउड अभिनेता हर्षवर्धन राणे नयाँ फिल्म ‘शूटआउट इन दुबई’सँग जोडिँदै

काठमाडौं– बलिउड अभिनेता हर्षवर्धन राणेलाई चर्चित ‘शूटआउट’ फ्रेन्चाइजको नयाँ अध्याय

निर्धारित समयभित्र काम सम्पन्न गर्ने व्यवसायी सम्मानित

म्याग्दी– म्याग्दीको बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८२–०८३ थप ५०