तीन चरणमा लिफ्टिङ गरी मानुङकोटमा पानी पुर्‍याइँदै « Khabarhub

तीन चरणमा लिफ्टिङ गरी मानुङकोटमा पानी पुर्‍याइँदै


२८ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

तनहुँ– तनहुँको व्यास नगरपालिका–५ स्थित मानुङकोटमा खानेपानी समस्या समाधान हुने भएको छ । सोही वडामा पर्ने पासर्दीस्थित खानेपानी मुहानबाट तीन चरणमा लिफ्टिङ गरी पानी लैजाने तयारी गरिएको हो । 

मुहानबाट करिब पाँच सय मिटर उचाइमा लिफ्टिङ गरी मानुङकोटमा पानी पुर्‍याउन लागिएको इन्जिनियर वीरेन्द्र थापाले जानकारी दिए। उनका अनुसार मुहानमा निर्माण गरिएको इन्टेकबाट एक लाख लिटर क्षमताका दुई र ३० हजार लिटर क्षमताका दुई रिर्जभ ट्याङ्की निर्माण गरिनेछन् । 

इन्जिनियर वीरेन्द्र थापाका अनुसार इन्टेक नजिक एक लाख लिटर, बीचमा तीस÷तीस हजार लिटरका दरले दुई र मानुङकोटमा एक लाख लिटर क्षमताको रिजर्भ टयांकी निर्माण गरिनेछ ।

तीस हजार लिटर क्षमताको एउटा रिजर्भ ट्याङकी निर्माण सम्पन्न भइसकेको थापाले जानकारी दिए। एक लाख लिटरको ट्याङकीका लागि बेस निर्माण भइरहेको छ । उनका अनुसार हालसम्म योजनाको ४० प्रतिशत भौतिक प्रगति पुगेको छ ।  

पछिल्लो समय चर्चामा आएको पर्यटकीयस्थल मानुङकोट आन्तरिक पर्यटकहरुको गन्तव्यस्थल बन्दै गएको छ । पानीको चरम अभाव रहेकामा शुद्ध पानीको पहुँच पुगेपछि यस क्षेत्रको मुहारमा आमूल परिवर्तन आउने विश्वास गरिएको व्यास–५ का वडाध्यक्ष विष्णुकुमार श्रेष्ठले बताए । निर्माणधीन योजनाको कार्य समयमै सम्पन्न गराउन समयसमयमा अनुगमनलाई तीव्रता दिँदै आइएको नगरपालिकाले जनाएको छ ।

सङ्घीय सरकारबाट पहिलो चरणअन्तर्गत चालु आर्थिक वर्षमा रु दुई करोड बजेट विनियोजन गरेपछि योजनाको काम अघि बढेको हो । समपूरक योजनाअन्तर्गत उक्त योजनालाई प्राथमिकतामा राखेर मानुङकोटमा खानेपानी पुर्‍याउन लागिएको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले बताए। उनका अनुसार दोस्रो चरणका लागि पुनः सङ्घीय सरकारमा बजेट माग गरी पठाइसकिएको छ । 

पानीको चर्को समस्याका कारण सुविधा खोज्दै बसाइँसराइमा गएका स्थानीयलाई यही फर्काउने योजना नगरपालिकाको रहेको नगरप्रमुख न्यौपानेले बताए। विसं २०८१ असार मसान्तभित्र सम्पन्न गर्ने गरी लाहुरे काइला बिल्डर्सले योजना निर्माणको जिम्मा पाएको छ । पानीको मूल दर्ता रहे पनि केही स्थानीय व्यक्तिको विवादका कारण निर्माण प्रभावित भएको निर्माण कम्पनीका प्रोपाइटर विज्ञान श्रेष्ठले बताए। 

उनका अनुसार निर्माणस्थलमा दैनिक १२ जना कामदारले काम गरिरहेका छन् ।

प्रकाशित मिति : २८ चैत्र २०८०, बुधबार  ५ : ३९ बजे

भारतीय बलरविरुद्ध चलेन पाकिस्तानी ब्याटिङ, ६१ रनले पराजित

काठमाडौँ – आईसीसी टी–२० विश्वकप अन्तर्गत भारतविरुद्ध जवाफी ब्याटिङ गरिरहेको

भारतविरुद्ध पाकिस्तानको संघर्ष, गुमायो ७ विकेट

काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गत भारतविरुद्ध जवाफी ब्याटिङ गरिरहेको

चलेन बाबर आजमको ब्याटिङ, ५ रनमा आउट

काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गत भारतविरुद्ध जवाफी ब्याटिङ गरिरहेको

सर्लाहीमा गोली हानी भौतिक पूर्वाधार विकास कार्यालयका इन्जिनियरको हत्या

काठमाडौँ- सर्लाहीको मंगलवामा गोली हानी हत्या गरिएको छ । आइतबार

पाकिस्तानले पहिलो ओभरमै गुमायो विकेट, साहिबजादा फरहान शुन्य रनमै आउट

काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गत भारतविरुद्ध जवाफी ब्याटिङ गरिरहेको