गाउँमै नुन पाउँदा स्थानीय दंग « Khabarhub

गाउँमै नुन पाउँदा स्थानीय दंग


२८ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

कालीकोट – कालीकोटको तिलागुफा नगरपालिकाले गाउँपालिकाको केन्द्रबाटै आयोडिनयुक्त नुन वितरण गर्न थालेको छ । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडसँगको समन्वयमा नगरपालिकाको केन्द्र गाल्जेमा वितरण केन्द्र स्थापना गरी नुन वितरण गर्न थालेको हो ।

नुनकै लागी जिल्ला सदरमुकाम मान्म पुग्नुपर्ने बाध्यताको अन्त्य भएकोमा स्थानीयवासी खुसी भएका छन् । नुन लिन सदरमुकाम जानुपर्ने बाध्यता हटेको तिलागुफा नगरपालिका–६ का सत्यबहादुर शाहीले बताए ।

“एक किलो नुनका लागि एकदिन लगाएर जिल्ला सदरमुकाम मान्म पुग्नुपर्ने बाध्यता हटेको छ”, उनले भने, “गाउँमै नुन पाउँदा खुसी छौँ ।”

विगतमा नुन लिन रु दुई हजारभन्दा बढी खर्च र पूरै एक दिन समय लगाएर सदरमुकाम पुग्नुपथ्र्यो । तिलागुफा नगरपालिकाका प्रमुख शङ्करप्रसाद उपाध्यायले साल्ट ट्रेडिङ कर्पोरेसनसँगको सहकार्यमा नगरपालिका केन्द्रमै अस्थायी डिपो स्थापना गरेर नुन वितरण सेवा दिएको बताए ।

“लामो प्रयासपछि स्थानीय तहबाटै नुन वितरणको हुन थालेको छ”, तिलागुफा नगरपालिकाका उपप्रमूख महेन्द्रबहादुर शाहीले भने, “अहिले अस्थायी कार्यालय खोलेर वितरण गर्न थालिएको छ, यसलाइ स्थायी बनाएर पछि नियमित वितरण गर्ने तयारीमा छौँ ।”

यसअघि रास्कोट नगरपालिका र महाबै गाउँपालिकाले गाउँबाटै नुन वितरण सुरु गरिसकेका छन् ।

प्रकाशित मिति : २८ चैत्र २०८०, बुधबार  ८ : २० बजे

झापामा वित्तीय अपराध बढ्दो, एक वर्षमा ३७३ मुद्दा दर्ता

झापा– डिजिटल प्रविधिको विस्तारसँगै आर्थिक कारोबार सहज बन्दै गए पनि

विश्वकप लिग-२: नेदरल्यान्ड्स शृङ्खला भोलिदेखि, पहिलो खेलमा नामिबियासँग भिड्दै नेपाल

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलाका लागि

रौतहट प्रहरीबाट एक वर्षमा ४४८ फरार प्रतिवादी पक्राउ

पर्सा– जिल्ला प्रहरी कार्यालय रौतहटले आर्थिक वर्ष २०८२–८३ मा विभिन्न

च्याउ टिप्न निकुञ्ज छिरेका कञ्चनपुरका १४ जना महिला सम्पर्कविहीन, खोजी कार्य जारी

काठमाडौँ – कञ्चनपुरमा च्याउ खोज्न जंगल गएका १४ जना महिला

चार महिनामा तीन हजार ४३५ विपद्का घटना

काठमाडौँ– गत वैशाखदेखि हालसम्म विपदमा परेर १६६ जनाको ज्यान गएको