कम्युनिष्ट पार्टीहरु एक हुन एमाले उपाध्यक्ष शाक्यको आग्रह « Khabarhub

कम्युनिष्ट पार्टीहरु एक हुन एमाले उपाध्यक्ष शाक्यको आग्रह


२८ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

खोटाङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले नेपालका कम्युनिष्ट पार्टीहरु एक हुन सकेमात्र देश विकास हुने बताएकी छन् । त्यसका लागि सम्पूर्ण कम्युनिष्टहरु एक हुन उनले आग्रह गरिन्।

एमाले खोटाङको आठौँ जिल्ला अधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै आज उपाध्यक्ष शाक्यले अग्रजहरुको क्रान्तिकारी विचारबाट नेता तथा कार्यकर्ता प्रेरित भइ देश र जनताको हितमा लाग्नुपर्ने बताइन् ।

अग्रजलाई सम्मान गर्दै उनीहरुको त्याग, तपस्या र योगदानको अनुशरण गर्नुपर्ने उनले बताइन्। अग्रज नेताहरुकै त्याग, तपस्या र योगदानले संविधानसभाबाट जनताको संविधान निर्माण गरेर कार्यान्वयनमा आएको उनले जिकिर गरिन् ।

जिल्ला अधिवेशनमा पार्टीका स्थायी समिति सदस्य शेरधन राई, पोलिटब्यूरो सदस्य विशाल भट्टराई, खोटाङ इन्चार्ज एवं खानेपानी मन्त्री राजेन्द्र राई लगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : २८ चैत्र २०८०, बुधबार  १० : १२ बजे

बाढीले पुल बगाएपछि देवीघाटमा त्रिशुलीमाथि बनाइयो तुइन (तस्बिरहरू)

नुवाकोट – नुवाकोटको विदुर नगरपालिका–५ देवीघाटमा बाढीले पुल बगाएपछि त्रिशूली

बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा अवधि पुनः ७ दिन थप

काठमाडौं – एनसेलले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा

भोटेकोशी बाढी : कुशको शव बनाएर आर्यघाटमा अन्त्येष्टि गरिँदै

काठमाडौं – रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते गएको विनाशकारी

चौलानी नदी आंशिक थुनिएकाबारे मुख्यमन्त्री भट्टको चासो, सतर्क रहन आग्रह

सुदूरपश्चिम- दार्चुलाको अपि हिमाल गाउँपालिका–१ भट्टाणमा पहिरो खसेर चौलानी नदी