कम्युनिष्ट पार्टीहरु एक हुन एमाले उपाध्यक्ष शाक्यको आग्रह « Khabarhub

कम्युनिष्ट पार्टीहरु एक हुन एमाले उपाध्यक्ष शाक्यको आग्रह


२८ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

खोटाङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले नेपालका कम्युनिष्ट पार्टीहरु एक हुन सकेमात्र देश विकास हुने बताएकी छन् । त्यसका लागि सम्पूर्ण कम्युनिष्टहरु एक हुन उनले आग्रह गरिन्।

एमाले खोटाङको आठौँ जिल्ला अधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै आज उपाध्यक्ष शाक्यले अग्रजहरुको क्रान्तिकारी विचारबाट नेता तथा कार्यकर्ता प्रेरित भइ देश र जनताको हितमा लाग्नुपर्ने बताइन् ।

अग्रजलाई सम्मान गर्दै उनीहरुको त्याग, तपस्या र योगदानको अनुशरण गर्नुपर्ने उनले बताइन्। अग्रज नेताहरुकै त्याग, तपस्या र योगदानले संविधानसभाबाट जनताको संविधान निर्माण गरेर कार्यान्वयनमा आएको उनले जिकिर गरिन् ।

जिल्ला अधिवेशनमा पार्टीका स्थायी समिति सदस्य शेरधन राई, पोलिटब्यूरो सदस्य विशाल भट्टराई, खोटाङ इन्चार्ज एवं खानेपानी मन्त्री राजेन्द्र राई लगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : २८ चैत्र २०८०, बुधबार  १० : १२ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको