आज २०८० साल चैत २९ गते बिहीबारको राशिफल « Khabarhub

आज २०८० साल चैत २९ गते बिहीबारको राशिफल


२९ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


5.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज २०८० साल चैत २९ गते बिहीबार तदनुसार सन् २०२४ अप्रिल ११ तारिख। चैत शुक्ल पक्षको तृतिया तिथि। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प. सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : अरुलाई प्रभावमा राखेर काम गर्नुपर्ने दिन छ। परीक्षाको नतिजा राम्रो प्राप्त हुनेछ। हिम्मत गरेमा मेहनतको फल प्राप्त हुनेछ। यात्रा सफल हुने दिन छ।

वृष : लगानी गर्नका लागि केही दिन कुर्नु राम्रो हुन्छ। कर्म क्षेत्रको प्रयासबाट भने फाइदा हुनेछ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। पारिवारिक सम्बन्धबाट राम्रो सहयोग प्राप्त हुनेछ।

मिथुन : राम्रो सोच बनाएर अगाडि बढ्नुपर्ने दिन छ। शिक्षा र स्वास्थ्यमा लाभ हुनेछ। रोजगारीको क्षेत्रमा फाइदा हुनेछ। पारिवारिक क्षेत्रमा साथ र सहयोग मिल्नेछ। सामाजिक कार्यमा सम्मान प्राप्त हुनेछ।

कर्कट : दैनिक काममा प्रगति हुनेछ। धार्मिक कार्यमा मन जानेछ। साथीहरुले सहयोग गर्नेछन्। परिवारको साथ र सहयोग भने राम्रो देखिन्छ। कर्मक्षेत्रमा मेहनत बढी गर्नुपर्ने दिन छ।

सिंह : प्रेम सम्बन्ध सुखमय बन्नेछ। एउटा कुराबाट दोहोरो लाभ प्राप्त हुनसक्छ। श्रम गरेका क्षेत्रमा फाइदा हुनेछ। शिक्षामा राम्रो उन्नति हुनेछ। स्वास्थ्यमा लाभ हुनेछ। परिवारको साथ मिल्नेछ।

कन्या : खर्च बढ्ने दिन छ। लगानीका क्षेत्र सबल छन्। तपाईंको विदेश यात्राको बाटो खुल्नेछ। शिक्षामा फाइदा हुनेछ। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुला : शेयरमा फाइदा हुनेछ। चर्को प्रतिस्पर्धाको लाभ तपाईंको हातमा पर्नेछ। मित्रको साथ मिल्नेछ। विरोध साम्य हुनेछ। रोजगारमा सफलता प्राप्त हुने योग छ। परिवारको साथ र सहयोग मिल्नेछ।

वृश्चिक : नयाँ कामको सुरुवात गर्नुपर्ने दिन हो। शेयर बजारमा फाइदा हुनेछ। दाजुभाइबाट सहकार्य हुनसक्छ। वैदेशिक क्षेत्रमा भने ठगबाट जोगिनुपर्नेछ। परिवारबाट साथ र सहयोग मिल्नेछ।

धनु : श्रमको उचित मूल्यांक हुनेछछ। अचानक राम्रो खबर सुन्ने योग छ। लगानी भएमा आर्थिक र सामाजिक क्षेत्र अब्बल बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मकर : व्यवहार गर्दा सचेत हुनुपर्ने दिन छ। निर्णय क्षमता कमजोर हुँदा समस्या आइपर्न सक्छ। अप्ठेरो परिस्थितिमा परिवारले साथ दिनेछन्। सामाजिक क्षेत्रमा भने विवादका स्वर सुन्नुपर्ने दिन छ।

कुम्भ : रोजगारीको नयाँ अवसर सिर्जना हुनेछ। शिक्षाको क्षेत्रमा उन्नति हुनेछ। परिवारबाट भने सुख र शान्ति मिल्नेछ। सजिलैसँग अरुको मन जित्न सकिनेछ। नयाँ ज्ञान सिक्ने अवसर प्राप्त होला।

मीन : धार्मिक कार्यमा मन जानेछ। नसोचेका व्यक्तिले सहयोग गर्नेछन्। समान लिंगीसँग भन्दा विपरित लिंगीसँग गरेको सहकार्यले फाइदा हुनेछ। परिवारबाट साथ र सहयोग राम्रो रहनेछ।

प्रकाशित मिति : २९ चैत्र २०८०, बिहीबार  ५ : १५ बजे

खजुरा क्यान्सर अस्पतालका ४४ उपकरण मर्मत

 नेपालगञ्ज– बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरामा लामो समयदेखि

एलपी ग्यास अभावपछि निगमको टेकु कार्यालयबाट बिक्री सुरु

काठमाडौं– एलपी ग्यासको अभाव देखिएपछि नेपाल आयल निगमले टेकुस्थित कार्यालयबाट

राहदानी आवेदन फाराम सोमबारसम्म खुला, तोकिएको समयमै उपस्थित हुन विभागको आग्रह

काठमाडौं– राहदानी विभागले सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै राहदानी आवेदन फाराम

मधेशमा रोपाइँ ९१ दशमलव ५५ प्रतिशत

जनकपुरधाम- मधेश प्रदेशमा रोपाइँ अन्तिम चरणमा पुगेको छ । मधेस

राष्ट्रिय भेलाका लागि कांग्रेस इतर समूहले गर्‍यो ५५१ सदस्यीय आयोजक समिति गठन

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर समूहले डा. शशांक कोइरालाको संयोजकत्वमा