अन्तिम बलमा रासिद खानले चौका हान्दा राजस्थानमाथि गुजरातको रोचक जित | Khabarhub Khabarhub

अन्तिम बलमा रासिद खानले चौका हान्दा राजस्थानमाथि गुजरातको रोचक जित


२९ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत बुधबार राति भएको खेल रोचक बनेको छ। राजस्थान रोयल्सले ३ विकेटको क्षतिमा दिएको १९७ रनको चुनौती पछ्याएको गुजरात टाइटनले ७ विकेटको क्षतिमा अन्तिम बलमा १९९ रन बनाएर ३ विकेटको जित निकालेको हो। गुजरातका लागि अन्तिम बलमा २ रन आवश्कय थियो। ब्याटिङमा रासिद खान थिए। उनले १० बलमा २० रन बनाइसकेका थिए। अन्तिम बलमा चौका प्रहार गर्दै उनले १९९ रन बनाएर अपराजित राजस्थानलाई पाँचौं खेलमा पहिलो हार चखाएर गुजरातका लागि रोचक जित दर्ता गराएका हुन्।

पहिलो खेलमा पराजित राजस्थान ५ खेल खेल्दै ८ अंकसहित तालिकाको शीर्ष स्थानमा छ। ६ वटा खेल खेलेको गुजरात तीन खेलमा पराजित भएको छ। ६ अंक जोडेको गुजरात तालिकाको छैठौं स्थानमा छ।

टस जितेर गुजरातले राजस्थानलाई सुरुमा ब्याटिङको निम्तो दिएको थियो। गुजरातका लागि कप्तान सञ्जु स्यामसन र रियान परागले अर्धशतकीय इनिङ खेले। कप्तान सञ्जुले नटआउट ३८ बलमा ६८ रन बनाए। परागले ४८ बलको सामना गर्दै सर्वाधिक ७६ रन जोडेका थिए। ओपनर यशस्वी जैसवाल १९ बलमा २४ रन बनाएर आउट हुँदा जोस बटलर १० बल खेल्दै ८ रनमा आउट भएका थिए। सिंम्रन हेटमायर ५ बलमा १३ रन बनाएर नटआउट रहे। तीन विकेटको क्षतिमा राजस्थानले १९६ रन बनाएको थियो।

गुजरातका लागि उमेश यादव, रासिद खान र मोहित शर्माले एकएक विकेट हात पारे।

१९७ रनको लक्ष्य पछ्याएको गुजरातका लागि कप्तान सुभमन गिलले ४४ रनमा सर्वाधिक ७२ रन बनाए। साई सुदर्शन ३५, राहुल तेवाटिया २२, विजय शंकर १६ रनमा समेटिए। रासिद खानले नटआउट ११ बलमा २४ रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अंग जोड्न सकेनन्।

राजस्थानका लागि कुलदीप सेन ३, युजवेन्द्र चहल २ र आवेश खानले एक विकेट हात पारे। आईपिएल अन्तर्गत बिहीबार मुम्बई इन्डियन्स र आरसिबीको प्रतिस्पर्धा हुँदैछ। यो खेल साँझ ७:४५ मा सुरु हुनेछ।

प्रकाशित मिति : २९ चैत्र २०८०, बिहीबार  ६ : १८ बजे

भरतपुर अस्पतालको स्वास्थ्य बीमा सेवा ‘प्रणाली’ मा प्राविधिक समस्या

चितवन– स्वास्थ्य बीमा सेवा प्रणालीमा प्राविधिक समस्या हुँदा देशभरका बिरामी

बनेपामा आजदेखि बाह्र–बर्षे नरदेवी नाच

काभ्रेपलाञ्चोक– बनेपामा आजदेखि परम्परागत–ऐतिहासिक एवम् धार्मिक महत्वको १२ वर्षे श्री

तीन वर्षमा सक्नुपर्ने कञ्चनपुरको दुई पुल नौ वर्षमा पनि सम्पन्न भएन

कञ्चनपुर– जिल्लाका दुई पक्की पुल सम्पन्न हुने चरणमा पुगेका छन्

न्यूयोर्कका नवनिर्वाचित मेयर ममदानी गए नेपाली रेस्टुरेन्ट, खाए मःमः, फोटो भाइरल

काठमाडौं- अमेरिकाको न्यूयोर्क शहरका नवनिर्वाचित मेयर जोरहान ममदानीले नेपाली रेस्टुरेन्टमा