मुगुको पर्यटकीय गाउँ मुर्मा अझै अँध्यारोमा « Khabarhub

मुगुको पर्यटकीय गाउँ मुर्मा अझै अँध्यारोमा


२९ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

मुगु– मुगुको पर्यटकीय गाउँ मुर्मा अझै विद्युतको पहुँचभन्दा बाहिर रहेको छ । कर्णाली प्रदेशकै प्रमुख पर्यटकीय स्थल रारा ताल नजिकै रहेको मुर्मा गाउँका स्थानीय अझै विद्युतको पहुँच भन्दा बाहिर रहेका छन् ।

गाउँमा विद्युत विस्तार नहुँदा मुर्मा गाउँका स्थानीय विद्युत पहुँच  भन्दा बाहिर रहेका हुन । स्वर्गकी अप्सरा उपमाले परिचित रारा तालको सिरानमा सदिउँदेखि बसोबास गर्दै आएका मुर्माका ८५ घरपरिवारले अहिलेसम्म विद्युतको उज्यालो देख्न पाएका छैनन् ।

आफूहरू लगायत रारा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरू रातीको समयमा अँध्यारोमै बस्नु पर्ने बाध्यता रहेको स्थानीयको दुखेसो छ ।

सदरमुकाम गमगढी बजार लगायत वरपरका बस्तीहरू बिजुली बत्तीले झिलिमिली देखिने गरेको भएपनि पर्यटकीय मुर्मा गाउँ भने रातिको समयमा सधैँ अन्धकारले छोपिँदै आएको छ ।

सदरमुकाम गमगढीबाट करिव १ घन्टा  दक्षिणमा करिब डेढ दशक अघि निर्माण भएको ४ सय किलोवाट विद्युत उत्पादन क्षमता रहेको गमगाढ साना जलविद्युत आयोजना छ भने गत भदौमा राष्ट्रिय प्रसारण लायन समेत मुगुमा पुगिसकेको छ ।

तर अहिलेसम्म पर्यटकीय गाउँ मुर्मा, रारा लगायत सोरू, खतेड र कार्मारोङमा विद्युत लाइन विस्तारको काम अघि नबढ्दा बिजुली बाल्ने स्थानीयको धोको अधुरै रहेको छ ।

जिल्ला सदरमुकाममा राष्ट्रिय विद्युत प्रसारण लाइन पुगे पनि रारा मुर्माबासीलाई भने विद्युत प्रतीक्षा गर्दैमा दिन बित्ने गरेको छ ।

चार वर्ष अघि गमगाढ साना जलविद्युत आयोजनाबाट मुर्मा गाउँमा विद्युत लैजान लाइन विस्तार गर्न रारा निर्माण सेवाले ठेक्का पाए पनि उक्त कम्पनीको लापरबाहीले काम अलपत्र परेको छ ।

गमगाढ वितरण केन्द्रका प्रमुख साजन बहादुर ऐडीले चालु आर्थिक वर्षमै रारा मुर्मा गाउँमा विद्युत पुर्‍याउने लक्ष्य रहेको र ठेक्का मार्फत काम सुरु भइसकेकाले छिटै मुर्मा गाउँमा विद्युत पुर्‍याउने बताए ।

प्रकाशित मिति : २९ चैत्र २०८०, बिहीबार  ९ : ५४ बजे

प्रधानमन्त्री बालेनको निर्देशनपछि स्वीकृत दरमै टिकट बेच्ने तयार भए वायुसेवा कम्पनी

काठमाडाैँ – नजिकिँदो चाडपर्वको मौका छोपेर हवाई भाडादर अत्यधिक बढाएको

मलेसियाको जोहोरमा वायु प्रदूषण बढेपछि विद्यालय बन्द

काठमाडौँ- मलेसियाको जोहोर राज्यमा वायु प्रदूषणको स्तर बढेपछि विद्यार्थीको स्वास्थ्य

कांग्रेस महाधिवेशन : शुक्रबार ७ बजेबाट मतदान

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज

साडीमा नचिनेपछि विपिन कार्कीप्रति इभा गिरीको आपत्ति, भनिन्- ‘उहाँहरूको सोचमै समस्या भयो’

काठमाडौं– टिकटकर तथा नवअभिनेत्री इभा गिरीले अभिनेता विपिन कार्कीले आफूलाई

इथियोपियामा लामो दूरीको आक्रमणको सम्भावनाबारे अमेरिकी दूतावासको चेतावनी

एजेन्सी– इथियोपियाली सैन्य प्रतिष्ठानलाई लक्षित गरी सम्भावित लामो दूरीको आक्रमण हुनसक्ने