अपराध अनुसन्धानमा उपयोगी ‘नेपाल प्रहरी मोबाइल एप’ | Khabarhub Khabarhub

अपराध अनुसन्धानमा उपयोगी ‘नेपाल प्रहरी मोबाइल एप’


२९ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रविधिको क्षेत्रमा भएका नवीन विकासलाई आत्मसात् गर्दै नेपाल प्रहरीले नागरिक सेवालाई प्रभावकारी बनाउन तथा अपराध अनुसन्धानका निम्ति सञ्चालन गरेको ‘नेपाल प्रहरी मोबाइल एप्लिकेशन (एप)’ उपयोगी साबित भएको छ ।

स्मार्ट फोन र अन्य मोबाइल उपकरणमा सर्वसाधारणको सहज पहुँचसँगै मोबाइल एपको प्रयोग पनि बढ्दै गएको छ ।

सूचना र सन्देश सङ्कलन तथा सम्प्रेषण गर्न प्रयोग गरिएको ‘नेपाल प्रहरी मोबाइल एप’ बाट आमनागरिक आफू पीडित भएको अवस्थामा होस् वा कुनै घटनाको प्रत्यक्षदर्शीको रुपमा प्रहरीलाई स्थानसहितको सूचना दिने सुविधा उपयोग गर्न सक्षम भएका छन् ।

प्रहरीलाई पनि घटनास्थलमा पुगेर प्रभावकारी रूपमा काम गर्न मद्दत पुगेको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले बताए ।

नेपाल प्रहरी मोबाइल एपद्वारा ‘अडियो’, फोटो र ‘भिडियो’ जस्ता प्रमाणजन्य सूचना प्राप्त गरी अपराध अनुसन्धानमा मद्दत पुगेको उनले बताए ।

उक्त एपको प्रयोगबाट आमनागरिकले ‘ग्लोबल पोजिसनिङ सिस्टम’ (जिपिएस)मा आधारित रहेर फोटो, भिडियो, अडियो र ‘टेक्स्ट’  सम्प्रेषण गर्न सक्छन् ।

उनले भने, ‘नेपाल प्रहरीको कामलाई प्रविधिमैत्री सेवाका रुपमा संस्थागत गर्ने उद्देश्य अनुरुप परीक्षणका रुपमा एप सञ्चालन भएको हो ।’

हाल ७७ वटै जिल्लामा प्रहरी एपमार्फत आएका गुनासा र सूचनाका आधारमा नजिकैको प्रहरी कार्यालयबाट तुरुन्त प्रहरी परिचालन गर्ने व्यवस्था भएको छ ।

समुदायमा हुने आपराधिक क्रियाकलाप, अन्य घटना एवं दुर्घटना तथा सूचनालाई चाँडो प्रवाह गर्न, अपराधीलाई तत्काल नियन्त्रणमा लिन तथा शान्तिसुव्यवस्था कायम गर्न एप उपयोगी भएको उनको भनाइ छ ।

प्रहरीको सूचना प्रविधि निर्देशनालयका प्रहरी उपरीक्षक सरोज शाक्य यो एप हरेक नागरिकले प्रयोग गरी आफू सुरक्षित हुन र प्रहरीलाई पनि सघाउन सक्ने बताए ।

प्रकाशित मिति : २९ चैत्र २०८०, बिहीबार  ११ : ३४ बजे

नेपालमा अपार सम्भावना छ, विदेश जानुपर्दैन : अध्यक्ष ढकाल

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले युवा तथा

प्रतिपक्षीको विरोधपछि मधेस प्रदेशसभा अवरुद्ध

जनकपुर– मधेस प्रदेशसभाको आजको बैठक प्रतिपक्षी दलको विरोधका कारण अवरुद्ध

भानु जयन्तीको पूर्वसन्ध्यामा भानु रथयात्रा

काठमाडौं– भानु जयन्तीको पूर्वसन्ध्यामा विराटनगर प्रज्ञा प्रतिष्ठानले शनिबार विराटनगरमा भानु रथयात्रा

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक