हस्तकलाका सामग्री युरोप निर्यात २० प्रतिशतले घट्यो « Khabarhub

हस्तकलाका सामग्री युरोप निर्यात २० प्रतिशतले घट्यो


३० चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– युरोप महाद्विपमा भइरहेको युद्धको प्रभाव नेपालको हस्तकला उद्योगमा देखा परेको छ । हस्तकला महासङ्घका अध्यक्ष प्रचण्ड शाक्यले युरोपमा २० प्रतिशतले हस्तकला निर्यात घटेको जानकारी दिए ।

उनका अनुसार युरोपमा हाते कागज, पस्मिना, फेल्ट लगायतका सामग्री बढी मात्रामा निर्यात हुने गर्छन् । गत वर्ष ६ अर्बको हस्तकला युरोपमा निर्यात भएको थियो ।

यसवर्ष गत वर्षको तुलनामा २० प्रतिशतले घटेको अध्यक्ष शाक्यले बताए  । ‘युरोपमा युद्धको प्रभाव हस्तकला व्यापारमा पर्न गएको छ’, उनले भने, ‘यद्यपि अरु मुलुकमा निर्यातको अवस्था मध्यम छ ।’

हस्तकला महासङ्घको तथ्याङ्क अनुसार प्रत्येक वर्ष रु १२ अर्बको हाराहारीमा हस्तकला तथा मूर्तिकला निर्यात हुने गरेको छ । मङ्सिरदेखि पुसमा मात्रै रु आठ अर्बको निर्यात भएको छ ।

प्रकाशित मिति : ३० चैत्र २०८०, शुक्रबार  २ : ३७ बजे

जेनजी आन्दोलनमा घाइते पत्रकार सम्मानित

काठमाडौं – सरकारले जेनजी आन्दोलनका क्रममा घाइते भएका पत्रकारहरूलाई नगदसहित

मधेस प्रदेशका ७२ जना कर्मचारी कारबाहीमा

जनकपुरधाम – मधेस प्रदेश सरकारअन्तर्गत धनुषा जिल्लामा रहेका कार्यालयको छड्के

डिजिटल प्रविधियुक्त नेपाल बनाउन उत्प्रेरित गर्ने उम्मेदवार चयन गर्नुहोला : मन्त्री खरेल

ललितपुर – नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री

फेरि पक्राउ परे सेयर कारोबारी दीपेन्द्र अग्रवाल

काठमाडौं- सेयर कारोबारी दीपेन्द्र अग्रवाल फेरि पक्राउ परेका छन् ।