नेपाली सेनाले सबै जिल्लामा सैनिक विद्यालय संञ्चालन गर्ने | Khabarhub Khabarhub

नेपाली सेनाले सबै जिल्लामा सैनिक विद्यालय संञ्चालन गर्ने


२४ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली सेनाले सबै जिल्लामा सैनिक विद्यालय संञ्चालन गर्ने भएको छ ।

नेपाली सेनाको कल्याणकारी योजना निर्देशनालयले शुक्रबार पत्रकार सम्मेलन गरि सबै जिल्लामा सैनिक विद्यालय सञ्चालन गर्ने तयारी गरिएको जनाएको हो ।

पत्रकार सम्मेलनमा निर्देशनालयका निर्देशक सागर केसीले सबै प्रदेशहरुमा सैनिक स्कूलहरुको स्थापना गर्ने नीति अनुरुप प्रदेश नम्बर २ अन्र्तगत महोत्तरीको बर्दिवासमा स्कूल निर्माण कार्य सम्पन्न भइसकेको र प्रदेश ५ मा पनि विद्यालय स्थापनाको प्रक्रिया अघि बढेको जानकारी दिए ।

सेनाले आफ्ना हितकारीका सन्ततीहरुलाई बसोबास गरेकै क्षेत्रमा अध्ययन सुविधा उपलब्ध गराउन सकुँन् भन्ने उद्देश्यका साथ ७७ वटै जिल्लामा Empanel School को व्यवस्था गर्ने योजना रहेको बताए ।

निर्देशनालयले कोष अन्र्तगत सञ्चालित विद्यालय महाविद्यालयहरुमा शिक्षाको गुणस्तर अभिवृद्धि गर्न, शिक्षण र सिकाईमा नविनतम् प्रविधिको प्रयोग गरि सबै कक्षाहरुमा मल्टिमिडिया प्रोजेक्टर लगायत अन्य प्रविधिहरुको व्यवस्था गरिनुका साथै पुस्तकालय र प्रयोगशालाहरुको स्तरोन्नति तथा ल्याङ्वेज ल्यावको व्यवस्था गर्ने योजना पनि अघि सारेको छ ।

निर्देशनालयले काठमाण्डौ उपत्यका भित्र कार्यरत महिला सैनिकका सन्तानलाई लक्षित गरी छाउनीस्थित रेञ्जर रेजिमेन्ट परिसरमा मण्टेश्वर विद्यालयको निर्माण कार्य पनि सुरु गरेको छ ।

वहालवाला तथा अवकाश प्राप्त सैनिक र तिनमा आश्रित परिवारहरुलाई कोषले २०३४ साल देखि निःशुल्क स्वास्थ्य उपचार सुविधा उपलब्ध गराउँदै आएको छ । त्यसैगरी शिक्षा तथा सीप र स्वरोजगार मुलुक विभिन्न कार्यक्रमहरु पनि निर्देशनालयले संचालन गर्दै आएको छ ।

प्रकाशित मिति : २४ श्रावण २०७६, शुक्रबार  ५ : १० बजे

प्रधानमन्त्री कार्की र पूर्व राष्ट्रपति यादवबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति डा रामवरण यादवबीच

भदौ अन्तिम साताको हिंसा र देश दोहनलाई परिवर्तन ठान्नु गलत : ज्ञवाली

काठमाडौं- नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले गत भदौ अन्तिम साता

फिलिपिन्समा आँधीका कारण मृत्यु हुनेको सङ्ख्या १०० भन्दा बढी पुग्यो

सेबु, फिलिपिन्स – मध्य फिलिपिन्समा आएको काल्मेगी आँधीका कारण देशभर

आम निर्वाचनपछि ब्यारेकमा फर्किने बङ्गलादेशको सेनाद्वारा घोषणा

बङ्गलादेश – बङ्गलादेशको सेनाले आगामी वर्षको शुरुमा हुने देशको १३औँ

सात दिनभित्र लिखित जवाफ पेस गर्न दलबाहेकलाई सर्वाेच्चको आदेश

काठमाडौं- सर्वोच्च अदालतले जेनजी आन्दोलन सुरु भएको विषयमा राजनीतिक दलहरूलाई