नेपाली सेनाले सबै जिल्लामा सैनिक विद्यालय संञ्चालन गर्ने « Khabarhub

नेपाली सेनाले सबै जिल्लामा सैनिक विद्यालय संञ्चालन गर्ने


२४ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली सेनाले सबै जिल्लामा सैनिक विद्यालय संञ्चालन गर्ने भएको छ ।

नेपाली सेनाको कल्याणकारी योजना निर्देशनालयले शुक्रबार पत्रकार सम्मेलन गरि सबै जिल्लामा सैनिक विद्यालय सञ्चालन गर्ने तयारी गरिएको जनाएको हो ।

पत्रकार सम्मेलनमा निर्देशनालयका निर्देशक सागर केसीले सबै प्रदेशहरुमा सैनिक स्कूलहरुको स्थापना गर्ने नीति अनुरुप प्रदेश नम्बर २ अन्र्तगत महोत्तरीको बर्दिवासमा स्कूल निर्माण कार्य सम्पन्न भइसकेको र प्रदेश ५ मा पनि विद्यालय स्थापनाको प्रक्रिया अघि बढेको जानकारी दिए ।

सेनाले आफ्ना हितकारीका सन्ततीहरुलाई बसोबास गरेकै क्षेत्रमा अध्ययन सुविधा उपलब्ध गराउन सकुँन् भन्ने उद्देश्यका साथ ७७ वटै जिल्लामा Empanel School को व्यवस्था गर्ने योजना रहेको बताए ।

निर्देशनालयले कोष अन्र्तगत सञ्चालित विद्यालय महाविद्यालयहरुमा शिक्षाको गुणस्तर अभिवृद्धि गर्न, शिक्षण र सिकाईमा नविनतम् प्रविधिको प्रयोग गरि सबै कक्षाहरुमा मल्टिमिडिया प्रोजेक्टर लगायत अन्य प्रविधिहरुको व्यवस्था गरिनुका साथै पुस्तकालय र प्रयोगशालाहरुको स्तरोन्नति तथा ल्याङ्वेज ल्यावको व्यवस्था गर्ने योजना पनि अघि सारेको छ ।

निर्देशनालयले काठमाण्डौ उपत्यका भित्र कार्यरत महिला सैनिकका सन्तानलाई लक्षित गरी छाउनीस्थित रेञ्जर रेजिमेन्ट परिसरमा मण्टेश्वर विद्यालयको निर्माण कार्य पनि सुरु गरेको छ ।

वहालवाला तथा अवकाश प्राप्त सैनिक र तिनमा आश्रित परिवारहरुलाई कोषले २०३४ साल देखि निःशुल्क स्वास्थ्य उपचार सुविधा उपलब्ध गराउँदै आएको छ । त्यसैगरी शिक्षा तथा सीप र स्वरोजगार मुलुक विभिन्न कार्यक्रमहरु पनि निर्देशनालयले संचालन गर्दै आएको छ ।

प्रकाशित मिति : २४ श्रावण २०७६, शुक्रबार  ५ : १० बजे

दक्षिण सुडानमा दुई शान्तिरक्षकको हत्या

एजेन्सी– दक्षिण सुडानको जोङ्लेई राज्यमा संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसनको गस्तीमाथि

नाडा अटो शोमा थरिथरिका दुईपाङ्ग्रे, थरिथरिका हेल्मेट (तस्बिरहरू)

काठमाडौं– भृकुटीमण्डपमा मंगलबारदेखि सुरु भएको नाडा अटो शो २०२६ मा

अभ्यास खेलमा मलेसियामाथि नेपाल ९ विकेटले विजयी

काठमाडौं– मलेसियामा आयोजना हुने एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको तयारीमा

बढ्दो अराजकताको एक दृश्य : आकाशे पुलबाट बाटो काट्नु भन्दा सडकमै कुटिइन् ट्राफिक प्रहरी

काठमाडौं– सरकारको अकर्मण्यताका कारण पछिल्लो समय सडकमा अराजकता बढ्दै गएको

इरानी आम्दानीका ५ क्षेत्रमा अमेरिकी प्रतिबन्ध, व्यापार गर्ने देशलाई पनि कारबाहीको चेतावनी

तेहरान- अमेरिकाले इरानको आम्दानीका ५ क्षेत्रमा प्रतिबन्ध लगाएको छ। यी