सिरहाको सलहेशमा फूलबारी मेला | Khabarhub Khabarhub

सिरहाको सलहेशमा फूलबारी मेला


१ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

सिरहा– प्रत्येक नयाँ वर्षको दिन मेला लाग्ने सिरहाको लहान नगरपालिका–१२ र २२ को सिमानामा पर्ने सलहेश फूलबारीमा आज पनि मेला लागेको छ । सलहेशमा बिहानैदेखि श्रद्धालुको भीड लागेको छ ।

हरेक वर्ष नेपाल तथा भारतबाट लाखौँ श्रद्धालु मेलामा आउने र आज पनि उल्लेख्य सङ्ख्यामा आउने अपेक्षा गरिएको सहलेश फूलबारी मेला व्यवस्थापन समितिका अध्यक्ष तारणीप्रसाद चौधरीले बताए ।

भक्तजनको भीड व्यवस्थित गर्न स्थानीय प्रहरी प्रशासनसँग समन्वय गरी सुरक्षा व्यवस्थापन चुस्त गरिएको मेला व्यवस्थापन समितिका अध्यक्ष चौधरीले जानकारी दिए ।

नौ बिघा क्षेत्रफलमा फैलिएको प्राकृतिक, सांस्कृतिक एवं धार्मिक पर्यटकीय सलहेश फूलबारी क्षेत्र लहान बजारदेखि चार किलोमिटर दक्षिण–पश्चिममा पर्दछ । यहाँ मेला भर्न श्रद्धालु अघिल्लै दिनदेखि आउने गर्दछन् ।

सहलेश मन्दिरका पुजारी जितेन्द्र धामीका अनुसार १४ औँ शताब्दीका राजा सलहेसको सौर्य, पराक्रम, वीरता, साहस र प्रेमसँग गाँसिएका गाथाको सम्झनास्वरुप प्रत्येक वर्ष वैशाख १ गते मेला आयोजना हुने गरेको हो ।

यहाँ नयाँ वर्षको एक दिनमात्र हारमको रुखमा सुनाखरी फुल्ने र सोही दिन साँझ परेसँगै ओइलाउने गर्दछ । त्यही फूल हेर्न तथा मन्दिरमा पूजापाठ गर्न धार्मिक पर्यटक आउने गर्छन् ।

सलहेश तराईका पासवान जातिको इष्टदेव रहेको र तेह्रौँ शताब्दीका लोकनायक भएकाले सलहेशको पूजाअर्चना गर्नाले सन्तान प्राप्ति, चर्मरोग, कुष्ठरोगलगायतका समस्या हरण हुने जनविश्वास रहेको पुजारी धामीले बताए ।

नेपाल सरकारले यस क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न नयाँ पर्यटकीय गन्तव्यको सूचीमा समावेश गरिसकेको छ । सलहेश क्षेत्रको उचित विकास गरी अपेक्षित लाभ लिन नसकिएको स्थानीय प्रदीप चौधरीले बताए ।

स्थानीय, प्रदेश तथा नेपाल सरकारले एकीकृत गुरुयोजना बनाएर काम गर्नुपर्ने उद्योग वाणिज्य सङ्घ सिरहाका अध्यक्ष विकास सारडाको भनाइ छ ।

ऐतिहासिक धार्मिक क्षेत्रको संरक्षणका लागि नेपाली सेनाले राजा सलहेशको इतिहास शिलालेखमा उतारेर पैदल मार्ग बनाएको चोहर्वास्थित श्री शेरगणका प्रमुख दीपक कार्कीले जानकारी दिए ।

प्रकाशित मिति : १ बैशाख २०८१, शनिबार  १२ : ०९ बजे

बागमतीमा भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय

काठमाडौं– बागमती प्रदेश सरकारले सामाजिक विकास मन्त्रालय विभाजन गरेकाे छ

धुञ्चे–गोसाइँकुण्ड केबलकार निर्माणमा सहयोग गर्ने मन्त्री जोशीको प्रतिबद्धता

काठमाडौं – सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले धुञ्चे–गोसाइँकुण्ड

खेलाडीबाट अनुशासन सिक्नुपर्छः धनराज गुरुङ

कास्की – नेपाली कांग्रेसका उपसभापति एवम् प्रतिनिधिसभा सदस्य धनराज गुरुङले

मकालु आरोहण गर्ने क्रममा फ्रान्सेली नागरिकको मृत्यु

सङ्खुवासभा – मकालु हिमाल आरोहण गर्ने क्रममा एक फ्रान्सेली नागरिकको

अफगानिस्तानद्वारा १० अर्ब डलरको व्यापार

काबुल – फारसी क्यालेन्डर वर्ष १४०२ देखि मार्च १९ सम्मको