किसानलाई ऋणमा डुब्न दिन हुँदैन : मन्त्री साह « Khabarhub

किसानलाई ऋणमा डुब्न दिन हुँदैन : मन्त्री साह


१ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वाला कुमारी साहले सरकार ऋणमा डुबेपनि किसानलाई ऋणमा डुब्न दिन नहुने बताएकी छन् ।

देशभक्त युवा नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री साहले किसानहरूलाई कुनै पनि हालतमा मर्कामा पर्न दिन नहुने र सरकार ऋणमा डुबेपनि किसानलाई ऋणमा डुब्न दिन नहुने बताएकी हुन् । 

ऋण खोजेरै  भएपनि दुग्ध किसानको बक्यौता भुक्तानीका लागि पहल गरेको उनको भनाइ छ । सरकारले आगामी बजेटमा कृषि क्षेत्रलाई प्राथमिकता दिने उनले बताए । त्यस्तै मन्त्री साहले एक लाख हेक्टर जमिनमा चैते धान उत्पादन गर्न सके धानको आयात गर्नुपर्ने अवस्थाको अन्त्य हुने भन्दै सरकारले आवश्यक योजना बनाइरहेको जानकारी दिइन् 

उनले विदेश पलायन हुनबाट रोकेर देशमै रोजगारी सिर्जना गर्नका लागि योजना बनाउने काममा लागेको र त्यसले मुलुक आत्मनिर्भर हुन मद्धत पुग्ने विश्वास व्यक्त गरिन्।

कार्यक्रममा बिभिन्न व्यक्तिहरूलाई सम्मान गरिएको थियो । 

प्रकाशित मिति : १ बैशाख २०८१, शनिबार  ७ : ४७ बजे

चिकित्सकमाथि आक्रमण गर्नेलाई फौजदारी अभियोगमा कारबाही गर्न माग 

काठमाडौं– नेपाल चिकित्सक संघ कोसीले नारायणी अस्पताल, वीरगन्जमा कार्यरत चिकित्सक

चिकित्सकमाथि आक्रमणको विरोधमा काठमाडौंमा प्रदर्शन, सेवा ठप्प

काठमाडौं– नारायणी अस्पतालमा चिकित्सकमाथि भएको हातपातको घटनाको विरोध गर्दै चिकित्सकहरूले

सेना र प्रहरी उतारेर सुनसरीको तनाव साम्य हुन सक्दैन : सीके राउत (अन्तर्वार्ता) 

जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सीके) सुनसरीको देवानगञ्जमा भएको

विजयले सके ‘सिन्दुरे जात्रा’को सुटिङ, बीचमा भएका थिए घाइते

काठमाडौं – नायक विजय बरालले फिल्म ‘सिन्दुरे जात्रा’को सुटिङ पूरा

उत्पादन वृद्धि र नयाँ लगानीमा सरकारले जोड दिएको छ : अर्थमन्त्री वाग्ले

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उत्पादन क्षमतामा बृद्धि, व्यवसाय विस्तार