इरानद्वारा इजरायलमाथि आक्रमण, हमलालाई विफल पारिएको इजरायली दाबी   « Khabarhub

इरानद्वारा इजरायलमाथि आक्रमण, हमलालाई विफल पारिएको इजरायली दाबी  


२ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3k
Shares
  • change font
  • change font
  • change font

जेरुसेलम– इरानले ड्रोन र क्षेप्यास्त्र प्रयोग गर्दै इजरायलमा आक्रमण गरेको छ । इजरायली सेनाका अनुसार तेहरानले इजरायलतर्फ तीन सयभन्दा धेरै क्षेप्यास्त्र र ड्रोन प्रहार गरेका थियो भने तीमध्ये अधिकांशलाई विफल पारिएको थियो ।

केही आक्रमण इराक र यमनबाट समेत भएको इजरायली सेनाका प्रवक्ता रियर एडमिरल डेनियल हागारीले जानकारी गराएका छन् । सेनाले आक्रमणमा प्रयोग गरिएका ड्रोन र क्षेप्यास्त्रमध्ये ९९ प्रतिशतलाई इजरायली प्रतिरक्षा प्रणालीले रोकेको जनाएको छ ।

प्रवक्ता हागारीले एक टेलिभिजन कार्यक्रममा भने, ‘इरानी आक्रमण विफल पारिएको छ ।’

हगारीका अनुसार इजरायलतर्फ प्रहार गरिएका कुनै पनि ड्रोन र क्रुज क्षेप्यास्त्र आफ्नो क्षेत्रमा प्रवेश गरेका छैनन् र केही ब्यालेस्टिक क्षेप्यास्त्र मात्र इजरायलसम्म पुगेका छन् ।

ब्यालेस्टिक क्षेप्यास्त्रमध्ये एउटाले सेनाको ‘नेभाटिम शिविर’ मा हल्का प्रभाव पारेको उल्लेख गर्दै उनले सैन्य परिसरमा ‘अझै पनि काम भइरहेको’ उल्लेख गरे।

रक्षामन्त्री योआभ ग्यालान्टले भने, ‘संयुक्त राज्य अमेरिका र थप साझेदारहरूसँग मिलेर हामीले इजरायली भूमिको रक्षा गर्न सफल भएका छौँं । आक्रमणको जोखिम अझै सकिएको छैन, हामी सतर्क रहनुपर्छ ।’

इजरायली बासिन्दालेले जेरुसेलम र अन्य स्थानहरूका आकाशमा विस्फोटनको आवाज सुनेको बताएका छन् ।

यसैबीच, आक्रमणपछि इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले अमेरिकी राष्ट्रपतिसँग समेत टेलिफोन संवाद गरेका छन् भने इजरायलले दिने जबाफबारे छलफल गर्न ‘वार क्याबिनेट’को बैठक बोलाए।

उनले अमेरिकी राष्ट्रपतिसँग समेत टेलिफोन संवाद गरे ।

यसैबीच, इरानको रिभोल्युशनरी गार्डसले एक विज्ञप्तिमार्फत ती आक्रमण ‘इजरायली अपराध’ को जबाफ भएको बताएको छ । गार्डसले अप्रिलको सुरुमा सिरियास्थिति इरानी कूटनीतिक परिसर ध्वस्त पार्ने गरी भएको आक्रमणसमेतलाई इजरायली अपराध भनेको छ । गार्डसले आफ्ना हमलाहरू ‘निश्चित निशानाहरूमा’ लक्षित गरिएको जनाएको छ ।

प्रकाशित मिति : २ बैशाख २०८१, आइतबार  १२ : ५६ बजे

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

महेन्द्रनगर (धनुषा)- मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्छ : मन्त्री घिसिङ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

ड्रोन प्रविधि विस्तारका लागि रूसमा जनशक्ति अभाव

मस्को- रूसलाई ड्रोन क्षेत्रमा करिब ४४ हजार दक्ष तथा विशेष

महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान

पोखरा– सिरानमा चाँदीजस्तै टल्किरहेका माछापुच्छ्रे र अन्नपूर्ण हिमशृङ्खला । तल

भृकुटीमण्डपमा नेकपाको एकता सन्देश सभा र्‍याली (तस्बिरहरू)

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को एकता सन्देश सभा