झिनो अंकले घट्यो नेप्से, ३ अर्ब माथि कारोबार « Khabarhub

झिनो अंकले घट्यो नेप्से, ३ अर्ब माथि कारोबार


२ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


528
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  वर्षको पहिलो कारोबार दिन अर्थात् आइतबार नेपाल स्टक एक्चेञ्ज (नेप्से) झिनो अंकले घटेको छ । आज नेप्से २.३५ अंकले घटेर २०२३.३५ विन्दु कायम भएको छ ।

आइतबार ३ अर्ब ६ करोड ३७ लाख ७२ हजार रुपैयाँ बराबरको ७७ लाख ९५ हजार ३३ कित्ता शेयर ५९ हजार ४२ पटक किनबेच भएको छ ।

आज ३२० कम्पनीको शेयर किनबेच हुँदा १२७ कम्पनीको शेयर बढेको छ भने १०८ वटा कम्पनीको शेयर घटेको छ । १० वटा कम्पनीको शेयर भने स्थिर रहेको छ ।

सृजनशील लघुवित्त वित्तीय संस्थाको शेयरमा १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ भने गुराँस लघुवित्तको शेयर १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।

आइतबार सेन्सेटिभ इन्डेक्स झिनो अंकले बढेको छ । फोल्ट इन्डेक्स ०.१९ अंकले र सेन्सेटिभ फेल्ट इन्डेक्स ०.०७ अंकले घटेको छ ।  १३ वटा उपसमूहमध्ये आज ४ वटा उपसमूहको शेयर बढेको छ भने ९ वटा उपसमूहको शेयर घटेको छ ।

प्रकाशित मिति : २ बैशाख २०८१, आइतबार  ३ : १८ बजे

बाढीपछिको पुनरुत्थानमा सबै शक्ति एकजुट हुनुपर्छ : प्रचण्ड

नुवाकोट – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

फिलिपिनी जहाज आगलागी : मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो, १३ अझै बेपत्ता

मनिला – फिलिपिन्सको पर्यटकीय क्षेत्र पलावान प्रान्तको पानीमा बुधबार पानीजहाजमा

पुटिनसँग वार्ताका लागि जेलेन्स्की तयार

काठमाडौं – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रुसी

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको