काठमाडौं– कुमारी बैंकले डिजिटल बैंकिङ अनुभवको अभिवृद्धि गर्नका लागि एफवान सफ्ट इन्टरनेशनलसँगको सहकार्यमा नयाँ अभियान ‘नयाँ वर्ष २०८१ जितौँ आइफोन १५ एक्कासि’ सुचारु गरेको छ ।
यस अभियानअन्तर्गत बैंकका नयाँ तथा पुराना ग्राहकहरूले कुमारी स्मार्ट एप प्रयोग गरी ५०० रुपैयाँको र कुनै पनि एउटा डाटा प्याक खरिद गर्दा एक भाग्यशाली ग्राहकले ब्रान्ड न्यु आइफोन १५ जित्न सक्नेछन् ।
यस अभियानमा सहभागी हुन ग्राहकले आफ्नो नजिकैको शाखाबाट मोबाइल बैंकिङमा दर्ता गर्न सक्नेछन् । साथै यो अभियानको अवधि वैशाख १ देखि वैशाख ३१ गतेसम्म रहेको बैंकले जानकारी दिएको छ ।
कुमारी बैंकले ३०२ शाखा, ५० वटा एक्सटेन्सन काउन्टर र ६७ वटा शाखारहित बैंकिङ एकाइमार्फत सेवा दिँदै आएको छ ।
प्रतिक्रिया