पश्चिम एसिया क्षेत्रको घटनाक्रममा चिन्तित छौँ : परराष्ट्र « Khabarhub

पश्चिम एसिया क्षेत्रको घटनाक्रममा चिन्तित छौँ : परराष्ट्र


२ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल सरकारले पश्चिम एसिया क्षेत्रको घटनाक्रमलाई नजिकबाट नियालिरहेको जनाएको छ । परराष्ट्र मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै विकसित घटनाक्रमलाई नेपाल सरकारले गम्भीर रूपमा चिन्तित बनाएको उल्लेख गरेको छ ।

इरान र इजरायलको नाम उल्लेख नगरी परराष्ट्र मन्त्रालयले विवादको शान्तिपूर्ण समाधानमा दृढ विश्वास गर्ने उल्लेख गर्दै बल प्रयोगको निन्दा गरेको छ । साथै सरकारले सम्बन्धित सबै पक्षलाई अधिकतम संयम अपनाउन र वार्ता र कूटनीतिको प्रयोग गरी शान्ति स्थापना गर्न आह्वान समेत गरेको छ ।

गए राती इरानले इजरायलमाथि सयौँ ड्रोन र मिसाइल आक्रमण गरेको र इजरायलले ती आक्रमणलाई असफल बनाएकोले कुनै मानवीय क्षति नभएको बताइएको छ ।

प्रकाशित मिति : २ बैशाख २०८१, आइतबार  ६ : ५८ बजे

मकवानपुरका स्वास्थ्य संस्था बन्द, चिकित्सक संघले बुझायो सहायक प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र

काठमाडौं– वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण

चिकित्सकमाथि आक्रमण गर्नेलाई फौजदारी अभियोगमा कारबाही गर्न माग 

काठमाडौं– नेपाल चिकित्सक संघ कोसीले नारायणी अस्पताल, वीरगन्जमा कार्यरत चिकित्सक

चिकित्सकमाथि आक्रमणको विरोधमा काठमाडौंमा प्रदर्शन, सेवा ठप्प

काठमाडौं– नारायणी अस्पतालमा चिकित्सकमाथि भएको हातपातको घटनाको विरोध गर्दै चिकित्सकहरूले

सेना र प्रहरी उतारेर सुनसरीको तनाव साम्य हुन सक्दैन : सीके राउत (अन्तर्वार्ता) 

जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सीके) सुनसरीको देवानगञ्जमा भएको

विजयले सके ‘सिन्दुरे जात्रा’को सुटिङ, बीचमा भएका थिए घाइते

काठमाडौं – नायक विजय बरालले फिल्म ‘सिन्दुरे जात्रा’को सुटिङ पूरा