नेपाल एयरलाइन्सलाई उन्नतस्तरमा पुर्‍याउने पर्यटनमन्त्री भट्टराईको प्रतिवद्धता « Khabarhub

नेपाल एयरलाइन्सलाई उन्नतस्तरमा पुर्‍याउने पर्यटनमन्त्री भट्टराईको प्रतिवद्धता


२४ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले नेपाल एयरलाईन्सलाई उन्नत स्तरमा पु¥याउने प्रतिवद्धता गरेका छन् ।

मन्त्री भट्टराईले नेपाली विमानलाई युरोप, अमेरिकाको आकाशमा निर्वाध ढंगले उडान भर्नेगरी सम्वद्ध पक्षसँग तत्काल छलफल गर्ने पनि बताए । उनले अन्तर्राष्ट्रिय आकाशमा नेपालको विमानलाई उडान भर्न केही समस्या देखिएको उल्लेख गर्दै ती समस्या समाधानका लागि सरकारले सम्बन्धित देशसँग संवाद गर्ने पनि स्पष्ट पारे ।

मन्त्री भट्टराईले, ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई सफल बनाउन सम्वद्ध सबै पक्षलाई केन्द्रित हुन पनि आह्वान गरे । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई सफल बनाउन सबै राजनीतिक दलका नेताहरुको प्रतिवद्धता लिने अभियानलाई पनि सरकारले अघि बढाउने योजना अघि सारे ।

मन्त्री भट्टराईले सरकारले नेपाल भ्रमण वर्ष–२०२० लाई सफल बनाउन सम्पूर्ण शक्ति परिचालन गर्ने पनि बताए ।

प्रकाशित मिति : २४ श्रावण २०७६, शुक्रबार  ७ : २६ बजे

त्रिशूली–३ ‘ए’ को सुरुङबाट उद्धार गरिएका साह भन्छन्– ‘भित्र सबै सकुशल छन्’

काठमाडौं – त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका व्यक्तिहरूमध्ये दुई जनालाई

त्रिशूली–३ ‘ए’ सुरुङबाट दुई जनाको जीवितै उद्धार

रसुवा- भोटेकोशीमा आएको विनाशकारी बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकामध्ये

ब्यारेज बनेको ३१ वर्षसम्म पनि किसानले सिँचाइ सुविधा पाएनन्

सर्लाही– सर्लाहीको बलरामा व्यवस्थित नहरको अभावमा ठूलो धनराशि खर्च गरेर

तीज कार्यक्रम स्थगन : बाढी प्रभावितलाई सहयोग

गण्डकी– रसुवाको भोटेकोशी नदीमा गत साता गएको विनाशकारी बाढीले मुलुक

एक वर्षअघिको खबरदारी, वर्तमानको विपत्ति

लेखकको उद्देश्य केवल सरकार र सरोकारवाला निकायलाई सचेत गराउनु मात्र