विश्वविद्यालय सुधार्न मेरिटोक्रेसीको विकल्प छैन : प्रधानमन्त्री « Khabarhub

विश्वविद्यालय सुधार्न मेरिटोक्रेसीको विकल्प छैन : प्रधानमन्त्री


३ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्राध्यापक एवं प्राज्ञिकहरूले विश्वविद्यालयहरूमा भागबन्डाको संस्कारको अन्त्य र खुला प्रतिस्पर्धाका निम्ति सबै दलहरूले प्रतिबद्धता व्यक्त गर्नुपर्ने सुझाव दिएका छन् ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा त्रिभुवन विश्वविद्यालयमा उपकुलपति, शिक्षाध्यक्ष र रजिष्टार मेरिटोक्रेसीका आधारमा नियुक्त गरेकामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सामूहिक रुपमा आभार प्रकट गर्दै उनीहरूले सबै राजनीतिक दलले एक ठाउँ बसेर भागबन्डाको संस्कारको अन्त्य र खुला प्रतिस्पर्धाका निम्ति प्रतिबद्धता व्यक्त गर्नुपर्ने बताएका हुन् । खुला प्रतिस्पर्धाबाट पदाधिकारी नियुक्ति गरेसँगै विश्वविद्यालयको प्राज्ञिक छविमा सकारात्मक सन्देश गएको उनीहरूको भनाइ छ ।

सो क्रममा प्रधानमन्त्री प्रचण्डले आफू विश्वविद्यालय र शिक्षा क्षेत्र सुधारमा गम्भीर भएको जानकारी दिँदै मेरिटोक्रेसीको अवधारणा थप दृढताका साथ बाँकी ठाउँमा पनि अवलम्बन गरिने बताए । देशमा सुशासन, विकास र समृद्धिको नयाँ जग बसाल्न सबै क्षेत्रमा स्वस्थ प्रतिस्पर्धा जरूरी रहेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ । 

प्रधानमन्त्रीसँगको भेटपछि प्राज्ञिकहरूको तर्फबाट केदारभक्त माथेमाले विश्वविद्यालयमा खुला प्रतिस्पर्धाबाट पदाधिकारी नियुक्ति हुनु आफैँमा महत्वपूर्ण कुरा रहेको बताए । उनले विश्वविद्यालयहरुलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउन सुझाव दिएको जानकारी दिए ।

शैक्षिक–प्राज्ञिक संस्थाको स्वायत्ततालाई अक्षुण्ण राख्न कुनै पनि प्रकारका अस्वस्थ, अनावश्यक हस्तक्षेप नगर्ने सङ्कल्प एवं प्रतिबद्धता राजनीतिक दलको तर्फबाट आउनुपर्ने उनले बताए । 

प्रकाशित मिति : ३ बैशाख २०८१, सोमबार  ४ : ३३ बजे

गोरखामा निर्माणाधीन जलविद्युत् आयोजनाको पर्खालबाट खसेर मजदुरको मृत्यु

गोरखा – गोरखामा निर्माणाधीन जलविद्युत् आयोजनाको पर्खालबाट खसेर आज एक

काभा भलिबल : नेपाल भारतसँग पराजित

काठमाडौं – राजधानीमा आजदेखि सुरु भएको सेन्ट्रल एसियन भलिबल एसोसिएसन

इरानसँगको जारी वार्तामा ‘केही प्रगति’ भएको अमेरिकी विदेशमन्त्रीको भनाइ

हेलसिङुवर्ग – अमेरिकी विदेशमन्त्री मार्को रुबिओले द्वन्द्व रोक्नका लागि इरानसँग

गार्डिओला युगको अन्त्य हुँदा नयाँ युगतिर म्यानचेस्टर सिटी

म्यानचेस्टर– म्यानचेस्टर सिटीका प्रशिक्षक पेप गार्डिओलाले क्लब छाड्ने घोषणा गरेसँगै