‘प्रहरी अधिकृत अध्ययनशील हुनुपर्छ’ « Khabarhub

‘प्रहरी अधिकृत अध्ययनशील हुनुपर्छ’


२४ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अपराध अनुसन्धानलाई प्रभावकारी बनाउन प्रहरी अधिकृतहरु अध्ययनशील हुनुपर्ने बताएका छन्।

प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विद्यालयका प्रहरी वरिष्ठ उपरीक्षक प्रदीपकुमार श्रेष्ठद्वारा लिखित ‘द ल अफ इभिडेयन्स’ नामक पुस्तकको शुक्रबार विमोचन गर्दै खनालले प्रहरी वरिष्ठ उपरीक्षक श्रेष्ठले सङ्गठनबाट सिकेको अनुभव, अपराध अनुसन्धानमा पुर्‍याएको योगदान तथा मेहनतको प्रशंसा गरेर प्रकाशित पुस्तकलाई थप परिस्कृत गर्दै लैजानुपर्नेमा जोड दिए ।

प्रहरी महानिरीक्षक खनालले नेपाल प्रहरीका अधिकृत अध्ययन तथा लेखनमा पनि आकर्षित भइरहेको उल्लेख गर्दै सङ्गठनको प्रतिनिधित्व गरी समय सान्दर्भिक पुस्तक प्रकाशन भएको बताए ।

नेपाल बार एशोशिएशनका अध्यक्ष चन्डेश्वर श्रेष्ठले प्रमाणमुखी एवं वस्तुगत प्रमाण सङ्कलन गरी पीडितलाई न्याय प्रदान गर्ने कार्यमा कानून कार्यान्वयन गर्ने निकाय एकबद्ध हुनुपर्ने उल्लेख गर्दै आगामी दिनमा सशक्त अनुसन्धानका लागि पुस्तक सहयोगी हुने विश्वास गरे।

प्रकाशित मिति : २४ श्रावण २०७६, शुक्रबार  ९ : ०५ बजे

दक्षिण अफ्रिका बस दुर्घटना : १६ जनाको मृत्यु, दर्जनौं घाइते

केप टाउन- दक्षिण अफ्रिकाको दक्षिण–पश्चिममा ७८ जना यात्रु बोकेको बस

राजविराज–भारदह सडक अलपत्र

राजविराज– राजविराज–भारदह सडक निर्माण अलपत्र परेको छ । उक्त सडक

अर्थसंक्षेप : गाडी भाडा घट्यो, नेप्से बढ्यो र भारतसँग आर्थिक सहकार्य विस्तारमा जापानको जोड

‘सम्पत्ति शुद्धीकरण निवारण तेस्रो संशोधन विधेयक, २०८३’ पारित ‘सम्पत्ति शुद्धीकरण

सर्वोच्चद्वारा विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरणको रिट खारेज

काठमाडौं- सर्वोच्च अदालतले पूर्वअर्थमन्त्री विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरणको रिट खारेज

स्वास्थ्य क्षेत्रमा बालेन सरकारका सय दिन : खोस्रियो पहाड, भेटियो मुसा

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को नेतृत्वमा वर्तमान सरकार गठन