नेपालका बारेमा सकारात्मक प्रचार गर्न सभामुखको आग्रह « Khabarhub

नेपालका बारेमा सकारात्मक प्रचार गर्न सभामुखको आग्रह


३ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सभामुख देवराज घिमिरेले राष्ट्रियता फरक भए पनि मातृ तथा पितृभूमि एउटै भएका कारण नेपालीमूलका सबै नागरिकलाई नेपाली भाषा र संस्कृतिका माध्यमबाट जोड्नुपर्ने बताएका छन् । 

एशोसिएसन अफ नेपाली ओरिजिन (एनओ) को प्रतिनिधिमण्डलसँग आज सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा भेट गर्दै सभामुख घिमिरेले नेपालीमूलका नागरिकहरू कैयौँ पुस्तादेखि नै संसारमा छरिएका रहेकाले उनीहरूले आर्जन गरेको सीप, ज्ञान र पुँजी मातृ तथा पितृभूमि नेपालका लागि खर्च गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिए। 

उनले विदेशमा रहेका नेपाली तथा नेपालीमूलका नागरिकहरू अवैतनिक राजदूत भएको उल्लेख गर्दै नेपालका बारेमा सकारात्मक सन्देश प्रवाह गर्न पनि आग्रह गर्नुभएको एएनओका महासचिव चुडामणि भट्टराईले जानकारी दिए । 

एएनओले भाषा तथा संस्कृतिका माध्यमबाट विश्वभर रहेका नेपालीमूलका नागरिकलाई जोड्न गरेको पहल कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्दै सभामुख घिमिरेले विश्वभर रहेका नेपालीमूलका नागरिकहरूको तथ्यांक संकलन गरी उनीहरु कहाँ र कसरी रहेका छन् भन्ने बारेमा पनि खोजी गर्न एएनओलाई आग्रह गरे । 

विश्वका २७ देशमा बसोबास गरिरहेका नेपाली भाषीहरुको थाइल्याण्डको बैङ्ककमा गत चैत ६ मा सम्पन्न भेलाले नेपाली जातिलाई एकीकृत गरी नेपाली भाषा र संस्कृतिको संरक्षण गर्न एशोसिएसन अफ नेपाली ओरिजिन (एएनओ) गठन गरेको थियो । 

त्यस भेटका अवसरमा एएनओका अध्यक्ष डिल्लीराम अधिकारीले यस अभियानलाई नेपाली भाषा, कला, संस्कृतिको दूतका रुपमा संसारभर पुर्‍याउने र यसमार्फत भावी पुस्तालाई नेपालसँग जोड्दै नेपालीपनको जगेर्ना र प्रचारप्रसार गर्ने जानकारी दिए। 

यसका साथै प्रवासमा बस्ने नेपाली जातिका लगानीकर्तालाई नेपालमै आई लगानी गर्न र आफ्ना पुर्खाको पहिचान जोडिएको देशको शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा लगाउन पनि प्रेरित जानकारी दिए। 

प्रकाशित मिति : ३ बैशाख २०८१, सोमबार  ५ : ५१ बजे

सुनसरीको देवानगन्ज क्षेत्रमा निषेधाज्ञा कायम

विराटनगर– सुनसरीको देवानगन्ज घटनाका विषयमा उत्पन्न विवादपछि जिल्ला प्रशासन कार्यालयले

नेपालमा बाघको सङ्ख्या ४२९ पुग्यो

काठमाडौँ– पछिल्लो गणनाअनुसार नेपालमा बाघको सङ्ख्या ४२९ पुगेको छ ।

गोकुलको टिप्पणी : प्रधानमन्त्री र गृहमन्त्री श्मशान जाग्ने बेला ब्युँझिएर फेसबुकमा झुल्किन्छन् 

काठमाडौं– नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले सुनसरीको देवानगञ्जमा भएको

श्रेष्ठलाई अन्तिम श्रद्धाञ्जली दिन सानेपा पुगे नेताहरू (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको शवमा

सर्वदलीय बैठकमा प्रश्न: यो देशमा प्रधानमन्त्री र गृहमन्त्री छन् कि छैनन् ?

काठमाडौँ – सर्वदलीय बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुदन