नागढुंगा सुरुङ : सर्वेक्षण शुरु भएको १३ वर्षमा ‘ब्रेक थ्रु’ « Khabarhub

नागढुंगा सुरुङ : सर्वेक्षण शुरु भएको १३ वर्षमा ‘ब्रेक थ्रु’


३ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सर्वेक्षण शुरु भएको १३ वर्षमा नागढुंगा सुरुङमार्ग ‘ब्रेक थ्रु’ अर्थात् छिचोलिएको छ । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक कार्यक्रमकाबीच सुरुङमार्गको ब्रेक थ्रु गरेका हुन् ।

सडक विभागले सर्वेक्षण पश्चात सम्भाव्यताको आधारमा सन् २०१५ मा सो सुरुङमार्गको प्रस्ताव गरेको थियो । त्यसपश्चात् सरकारले निर्माण कार्य अगाडि बढाउन जापान सरकारसँग सन् २०१६ मा सहुलियतपूर्ण ऋण सम्झौता गरेको थियो ।

करिब २० अर्ब ६० करोड लागत अनुमान गरिएको सुरुङमार्गमा जापान सरकारले जाइकामार्फत् ०.१ प्रतिशत ब्याजदरमा ४० वर्षे अवधिसहित १५ अर्ब ८० करोड ऋण उपलब्ध गराएको छ भने नेपाल सरकारले ४ अर्ब ८० करोड आन्तरिक स्रोतबाट बेहोरेको छ ।

जापान सरकारको सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण हुने निश्चित भएपछि सरकारले सन् २०१८ मा सुरुङमार्ग निर्माणको लागि टेन्डर आह्वान गरेको थियो । निर्माणका लागि जापानी कम्पनी हाजमा एन्डो कर्पोरेसनसँग सरकारले सन् २०१९ सेप्टेम्बर २३ मा ४२ महिनामा काम सम्पन्न गर्नेगरी सम्झौता गर्यो ।

२०७६ साल कात्तिक ४ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सो सुरुङमार्गको शिलान्यास गरेका थिए । प्रधानमन्त्रीको ओलीको शिलान्यास भएको १४ महिनापछि मात्रै सुरुङमार्ग खन्ने कार्यको सुरुवात भएको थियो ।

कोरोना महामारी लगायत विभिन्न कारण देखाउँदै ढिलोगरी निर्माण शुरु भएको सुरुङमार्गको यसबीचमा २ पटक म्याद थपेर २५ अप्रिलसम्म पुर्याइएको थियो । सो अवधिसम्म पनि सुरुङको निर्माणकार्य पूर्ण नहुने भएपछि पुनः म्याद थप गर्ने तयारी ठेकेदार कम्पनी र सडक विभागले गरेका छन् ।

साथै निर्माण अवधिको म्याद थपसँगै आयोजनाको ४ अर्ब लागत पनि थप भएको छ ।

कस्तो छ सुरुङको संरचना ?

नागढुंगा–सिस्नेरी सुरुङ ३.५ मिटरका २ लेनसहित २.६८८ किलोमिटर लम्बाइको रहेको छ । निकासी टनले दूरी २.५७७ किमि, वर्किङ इभ्याकुएसन दूरी १२६ मिटर र क्रस पास दूरी १२८ मिटरको रहेको छ ।

टनेल बाहिर अन्डरपासर ३ वटा, बक्स कल्भर्ट ४ वटा, ओभरपास २ वटा, पुल ३ वटा र फ्लाइओभर पुल १ वटा रहनेछन् । टनेलको ब्रेक थ्रु भएपनि पूर्णरुपमा काम सम्पन्न भएर सञ्चालनमा आउन अझै एक वर्ष लाग्ने निर्माण पक्षले जनाएको छ ।

प्रकाशित मिति : ३ बैशाख २०८१, सोमबार  ६ : १२ बजे

सुनसरीको देवानगन्ज क्षेत्रमा निषेधाज्ञा कायम

विराटनगर– सुनसरीको देवानगन्ज घटनाका विषयमा उत्पन्न विवादपछि जिल्ला प्रशासन कार्यालयले

नेपालमा बाघको सङ्ख्या ४२९ पुग्यो

काठमाडौँ– पछिल्लो गणनाअनुसार नेपालमा बाघको सङ्ख्या ४२९ पुगेको छ ।

गोकुलको टिप्पणी : प्रधानमन्त्री र गृहमन्त्री श्मशान जाग्ने बेला ब्युँझिएर फेसबुकमा झुल्किन्छन् 

काठमाडौं– नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले सुनसरीको देवानगञ्जमा भएको

श्रेष्ठलाई अन्तिम श्रद्धाञ्जली दिन सानेपा पुगे नेताहरू (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको शवमा

सर्वदलीय बैठकमा प्रश्न: यो देशमा प्रधानमन्त्री र गृहमन्त्री छन् कि छैनन् ?

काठमाडौँ – सर्वदलीय बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुदन