धनकुटाको हिलेमा भोलिदेखि खाना महोत्सव हुँदै « Khabarhub

धनकुटाको हिलेमा भोलिदेखि खाना महोत्सव हुँदै


४ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

धनकुटा । पर्यटन प्रवर्द्धनको माध्यमबाट आर्थिक गतिविधि बढाउन धनकुटाको व्यापारिक केन्द्र हिले बजारमा भोलिदेखि पाँच दिने तेस्रो खाना महोत्सव (फुड फेस्टिभल) हुने भएको छ ।

धनकुटा नगरपालिका– १ हिलेमा हुने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको आयोजक संस्था हिले पर्यटन प्रवर्द्धन तथा पूर्वाधार विकास संस्था र होटल एशोसिएशन धनकुटाले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

‘रैथाने कला संस्कृति परिकारको संरक्षण, आन्तरिक तथा बाह्य पर्यटकको प्रवर्द्धन’ भन्ने मूल नाराका साथ हुने महोत्सवमा स्थानीय अर्गानिक मौलिक खानाको परिकार आकर्षणको रुपमा रहने संस्थाका अध्यक्ष खगेन्द्र विष्टले बताए ।

“आर्थिक मन्दिका समयमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल गराएर आर्थिक गतिविधिलाई चलायमान गराउन महोत्सव गर्न लागिएको हो” विष्टले भने ।

महोत्सवमा कोदो, फापर र मकैको ढिँडो, कोदो र फापरको रोटी, गुन्द्रुकको अचार, सेलरोटी, कोदोको छ्याङ, हिलेको तोङ्गबा, सुकुटीलगायत स्थानीयस्तरमा पाइने मौलिक परिकारको स्टल रहनेछन् ।

महोत्सवमा आउने पाहुनाका लागि हिले आसपासका पर्यटकीयस्थल समेटेर चार हजार छ सय बराबरको भ्रमणको प्याकेज मिलाइएको वडा नं. १ का वडाध्यक्ष वङ्दा तामाङले जानकारी दिए।

महोत्सवमा ३० हजार पर्यटक भित्र्याएर एक करोड २५ लाख बराबरको आर्थिक कारोबार गर्ने लक्ष्य आयोजकको छ । पाँच दिन सञ्चालन हुने महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती र विभिन्न जातजातिको मौलिक संस्कृति प्रस्तुत गरिने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : ४ बैशाख २०८१, मंगलबार  ८ : ४१ बजे

जिप दुर्घटनामा दुई जनाको मृत्यु, तीन घाइते

किमाथाङ्का– सङ्खुवासभाको चैनपुर नगरपालिका–१ नुनढाकीमा जिप दुर्घटना हुँदा दुई जनाको

उम्मेदवारलाई नै थाहा छैन सांसदको हैसियत, खल्तीपिच्छे उधारो विकास बाँड्ने होड

काठमाडौं- प्रतिनिधिसभाको निर्वाचन आउन अब ३९ दिन मात्रै बाँकी छ

जिरीबाट दुई घण्टामै पुगिने ताँँबेडाँडा (तस्बिरहरू)

काठमाडौं– दोलखाको धार्मिक तथा पर्यटकीय स्थल जिरीबाट नजिकै रहेको रामेछाप

राष्ट्रिय झन्डाको गरिमा र मर्यादालाई ध्यानमा राख्न गृह मन्त्रालयको आग्रह

काठमाडौं– गृह मन्त्रालयले राष्ट्रिय झन्डाको प्रयोग गर्दा त्यसको उच्च गरिमा

समाचार र सूचनालाई विश्वसनीय बनाउन आग्रह

काठमाडौं– मिथ्या सूचनाविरुद्ध आयोजित दुईदिने सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले