सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु « Khabarhub

सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु


६ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


834
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– छुट्टाछुट्टै सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ ।  सिरहाकाे धनगढीमाई नगरपालिका-६ सिमरा चोकमा प्र.१-०५-००१ प ८५८९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार साँझ दुर्घटना हुँदा चालक गोलबजार नगरपालिका-४ बस्ने भोगेन्द्र सहनीको छोरा १५ वर्षीय आयुस सहनीको घटनास्थलमै मृत्यु भएको छ ।

साथै दुर्घटनामा घाइते भएका १ जनाको आरके मेडिसिन मुसहरनियामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

त्यसतै, कैलालीकाे गोदावरी नगरपालिका-५ गेटास्थित सडकमा सु.प.प्र. ०१-००१ च २९८७ नम्बरको पिकअप भ्यानको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ६५ वर्षीय कृत बहादुर बमको बुधबार राति मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको मायामेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो ।  हाल फरार चालकको प्रहरीले खोजी गरिरहेको छ ।

त्यसैगरी, दाङकाे घोराही उपमहानगरपालिका-१३ कात्तिके डाँडास्थित सडकमा रा.२ प ६०१५ नम्बरको मोटरसाइकल र लु.९ प ४३६ नम्बरको मोटरसाईकल एकआपसमा ठक्कर खाई बुधबार राति दुर्घटना हुँदा रा.२ प ६०१५ नम्बरको मोटरसाइकल चालक सोही उपमहानगरपालिका-१३ बस्ने २९ वर्षीय मनकु चौधरीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ती प्रादेशिक अस्पताल घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएकी सोही मोटरसाइकलमा सवार १ जनाको नर्सिङ होम अस्पताल नेपालगञ्ज बाँकेमा र लु.९ प ४३६ नम्बरको मोटरसाइकलमा सवार १ जनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ भने सोही मोटरसाइकल चालकलाई प्रादेशिक अस्पताल तुलसीपुर हुँदै थप उपचारको लागि नर्सिङ होम नेपालगञ्ज रिफर गरिएको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ६ बैशाख २०८१, बिहीबार  १ : ०७ बजे

वासुदेव घिमिरेले छाडे एमाले, रास्वपाबाट विष्णु पौडेलविरूद्ध चुनाव लड्ने तयारी

काठमाडौँ -नेकपा एमाले नेता वासुदेव घिमिरेले पार्टी परित्यागको घोषणा गरेका

एकीकरणले कुलमानलाई तनाव : रास्वपाले महामन्त्री पद दिन मानेन, उज्यालोका नेताहरूले एकता स्वीकारेनन्

काठमाडौं – सहमति भएको २४ घण्टा बित्न नपाउँदै राष्ट्रिय स्वतन्त्र

भोटे दमाईको निधनप्रति महानिरीक्षक कार्कीले दिए भावुक श्रद्धाञ्जली

काठमाडौं – नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले किशोरावस्थामा आफ्नो

राप्रपाको समानुपातिक सूचीः जुम्लामा पहिलोपटक दलित उम्मेदवार समानुपातिक शीर्षसूचीमा

जुम्ला– जुम्ला जिल्लाको राजनीतिक इतिहासमा पहिलोपटक दलित समुदायका उम्मेदवार प्रतिनिधि